१२ असार २०८३, शुक्रबार । June 27, 2026

टी–२० विश्वकप

भारत भर्सेस पाकिस्तान महाभिडन्त, कस्ले मार्ला बाजी ?


२७ जेष्ठ २०८१, आइतबार  

66
Shares

काठमाडौं । वेस्टइन्डिज र अमेरिकामा जारी टी–२० विश्वकप अन्र्तगत समूह चरणको खेलमा आज दुई चिर परिचित प्रतिद्धन्द्धी भारत र पाकिस्तानबीच महाभिडन्त हुँदैछ ।

खेल नेपाली समय अनुसार ८ बजेर १५ मनेटमा न्यूयोर्कको नासाउ काउन्टी क्रिकेट स्टेडियममा हुँदैछ । भारत र पाकिस्तान दुवै समूह ए मा रहेका छन् । उक्त समूहमा अमेरिका, क्यानडा र आयरल्याण्ड पनि रहेका छन् । दुई देशबीचको आपसी टकरावपूर्ण सम्बन्धकै कारण भारत र पाकिस्तानको खेललाई निकै चासोका साथ हेरिएको छ । विश्वकपमा आजको भारत र पाकिस्तानको खेल एक आपसमा आठौं भिडन्त हो ।

टी–२० विश्वकपमा यसअघि भारत र पाकिस्तान ७ पटक आमने सामने भएका छन् । जसमा भारतले पाँच पटक जित आफ्नो पक्षमा पार्दा पाकिस्तानले भने एक पटक मात्रै जित निकाल्न सकेको छ । दुवै राष्ट्रबीचको एक खेल भने अनिर्णित बनेको थियो ।
जारी टी–२० विश्वकपमा भारत र पाकिस्तान दुवैले आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । भारतले आफ्नो पहिलो खेलमा आयरल्याण्ड विरुद्ध जित निकाल्दै विश्वकपमा सुखद सुरुवात गरेको थियो । यता, पाकिस्तान भने आफ्नो पहिलो खेलमा आयोजक राष्ट्र अमेरिकासँग सुपर ओभरमा पराजित भएको थियो ।

समूह ए तालिकामा दुई खेल खेलेको अमेरिका ४ अंकसहित शिर्ष स्थानमा रहेको छ भने १ खेल खेलको भारत २ अंकसहित दोस्रो र दुई खेल खेलेको क्यानडा २ अंकसहित तेस्रो स्थानमा रहेको छ । आयरल्यान्ड र पाकिस्तानले भने हालसम्म अंक जोड्न सकेका छैनन् । भारत र पाकिस्तान दुवै टी–२० विश्वकपको पूर्व विजेता राष्ट्र हुन् । दुवै राष्ट्रले हालसम्म एक–एक पटक टी–२० विश्वकपको उपाधि हात पारेका छन् ।

भारतले सन् २००७ मा सम्पन्न टी–२० विश्वकपको उपाधि हात पारेको थियो भने पाकिस्तानले सन् २००९ मा सम्पन्न टी–२० विश्वकपको दोस्रो संस्करणको उपाधि जितेको थियो । त्यसयता दुवै टोलीले उपाधि हात पार्न सकेका छैनन् । भारत पाकिस्तान दुवै राष्ट्रले सन् २००७ को टी–२० विश्वकपको पहिलो संस्करण देखिनै सहभागिता जनाउँदै आएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले घोषणा गरेको पछिल्लो टी–२० वरियतामा पाकिस्तान भन्दा भारत धेरै अगाडी रहेको छ । आईसीसी टी–२० वरियतामा भारत १ नम्बारमा रहेको छ भने पाकिस्तान ६ नम्बारमा रहेको छ ।

टेस्ट मान्यता प्राप्त यी दुवै राष्ट्र विश्वकपमा दावेदार राष्ट्र पनि हुन् । भारत र पाकिस्तानबीच हालसम्म कुल १२ टी–२० खेल भएका छन् । जसमा भारतले ९ खेलमा जित हासिँल गरेको छ भने पाकिस्तानले ३ खेलमा जित निकालेको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  ५ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर