२१ मंसिर २०८२, शनिबार । December 6, 2025

टी–२० विश्वकप

दक्षिण अफ्रिकाले नेदरल्यान्ड्सलाई ४ विकेटले हरायो



एजेन्सी । जारी टी–२० विश्वकपमा समूह डी अन्तर्गतको खेलमा दक्षिण अफ्रिकाले नेदरल्यान्ड्सलाई ४ विकेटले हराएको छ ।

नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय ४ रनको लक्ष्य दक्षिण अफ्रिकाले ६ विकेटको क्षतिमा १८ दशमलव ५ ओभरमा पुरा गरेको हो । प्रतियोगितामा दक्षिण अफ्रिकाको लगातार दोस्रो जित हो । टोलीका लागि डेभिड मिलर नायक बने । उनले ५१ बलमा नटआउट रहँदै ५९ रन बनाएर टोलीलाई जित दिलाए । उनले यस क्रममा ३ चौका र ४ छक्का प्रहार गरे ।

ट्रिस्टन स्टब्सले ३७ बलमा ३३ रन जोड्दै मिलरलाई राम्रो साथ दिए । उनीबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । दक्षिण अफ्रिकाले खेलमा खराब सुरुवात गरेको थियो । ३ रनमा ३ विकेट गुमाएको टोलीले १२ रन जोड्दा ४ विकेट गुमाइसकेको थियो । त्यसपछि मिलर र स्टब्स मिलेर टोलीको इनिङ्स सम्हाले ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३ रन बनाएको थियो ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  ५ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको