१२ असार २०८३, शुक्रबार । June 27, 2026

टी–२० विश्वकप

नामिबिया स्कटल्यान्डसँग ५ विकेटले पराजित


२५ जेष्ठ २०८१, शुक्रबार  

126
Shares

एजेन्सी । जारी विश्वकप अन्र्तगत गएराति भएको खेलमा स्कटल्यान्डले नामिबियालाई ५ विकेटले हराएको छ ।

नामिबियाले दिएको १ सय ५६ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले १८ दशमलव ३ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो । स्कटल्यान्डको जितमा कप्तान रिची बेंरिग्टन ३५ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ४७ रनमा नट आउट रहे । माइकल लिस्क १७ बलमा ४ छक्कासहित ३५, जर्ज मुन्शे ७, माइकल जोन्स २६ र ब्रेन्डन म्याकमुलनले १९ रनको योगदान दिए ।

नामिबियाका कप्तान जेराल्ड इरास्मसले २, डेविड विजा, टागेंनी लुगांमेनी र बेनार्ड स्कोल्ट्जले १–१ विकेट लिए । त्यसअघि बार्बाडोसमा टस जितेर पहिला ब्याटिङ रोजेको नामिबियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रन बनाएको थियो । कप्तान जेराल्ड इरास्मसले ३१ बलमा ५ चौका र २ छक्कासहित ५२ रन बनाउँदै अलराउण्ड प्रदर्शन गरेपनि जित निकाल्न पर्याप्त भएन ।

निकोलस डेभिन २०, जेन फ्रेलिंक १२, जेन ग्रीन २८ र डेविड विजाले १४ रन बनाए ।

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार  ७ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर