२० असार २०८३, शनिबार । July 4, 2026

जेठ २४ गते बिहीबार दिनभर के–के भयो ?

बालेनलाई काम गर्न देउ ! नेपाली नोटमा गौतम बुद्धको तस्वीर राख्न माग ! सन्दीपको पक्षमा उभिएको प्रतिपक्ष ! रविलाई विश्वप्रकाशको चुनौती ! सुनको भाउमा नयाँ रेकर्ड…


२४ जेष्ठ २०८१, बिहिबार  

81
Shares

बालेनलाई काम गर्न देउ !
नेपाली कांग्रेसकी सांसद कान्तिका सेजुवालले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई काम गर्न दिनुपर्ने बताएकी छन् । संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले न्यूरोडमा काठमाडौं महानगरको योजनाअनुसार काम गर्न नदिएको उनको आरोप थियो ।

पाँच सय र हजारको नोटमा गौतम बुद्धको तस्वीर राख !
नेकपा माओवादी केन्द्रका सांसद छिरिङ डम्डुल लामा भोटेले नेपाली नोटमा गौतम बुद्धको तस्वीर राख्न माग गरेका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले पाँच सय र एक हजारको नोटमा भगवान गौतम बुद्धको तस्वीर राख्न नेपाल सरकारसँग माग गरेका हुन् ।

सुरक्षण मुद्रण सम्बन्धी विधेयक पारित
सुरक्षण मुद्रण सम्बन्धी विधेयक संघीय संसदबाट पारित भएको छ । बिहिबार बसेको प्रतिनिधि सभा बैठकबाट सो बिधेयक बहुमतले पारित भएको हो । विधेयकमा नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचय पत्र, राहदानी, बैंक नोट, अन्तःशुल्क स्टिकर र सवारी चालक अनुमति पत्रलाई मुद्रण गर्ने प्रावधानमा राखिएको छ ।

सांसद डाँगीको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले राजनीतिक लाभका लागि असम्भव योजनाहरु घोषणा नगर्न सरकारलाई आग्रह गरेकी छन् । उनले आफुहरुसंग राष्ट्रिय गौरवका आयोजना धेरै रहेको तर सामाजिक आर्थिक मूल्यांकन नगरिएका आयोजना मात्र भएको बताईन् । प्रधानमन्त्री र मन्त्रीको चाहनामा मात्र राष्ट्रिय गौरवका आयोजना घोषणा गर्न नहुने उनको धारणा थियो ।

सन्दीपको पक्षमा उभिएको प्रतिपक्ष
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सन्दीप लामिछानेको भिसाका लागि सरकारले उचित पहल नगरेको बताएका छन् । बिहीबार प्रतिनिधि सभामा बोल्दै महामन्त्री शर्माले लामिछानेको भिसाका लागि खेलकुदमन्त्री, परराष्ट्रमन्त्री र समग्र सरकारले समयमै उचित पहल नगरिदिएको टिप्पणी गरेका हुन् ।

रविलाई विश्वप्रकाशको चुनौती
नेपाली कांग्रेसका महामन्त्री एवं सांसद् विश्वप्रकाश शर्माले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई गिरीबन्धु टी–इस्टेटको फाइल खोलेर देखाउन चुनौती दिएका छन् । बिहीबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै महामन्त्री शर्माले एमाले अध्यक्ष केपी ओलीले कांग्रेसले बेचेर ७० बिघाको कमिसन खायो भनेर आरोप लगाएको स्मरण गर्दै दोषी भए कांग्रेसलाई दण्डित गर्न चुनौती दिएका हुन् ।

सोलारबाट १ हजार मेगावाट विद्युत
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी दुई वर्षभित्र सोलारबाट १ हजार मेगावाट विद्युत थप हुने बताएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा मन्त्री बस्नेतले दुई वर्षभित्र सोलारबाट १ हजार मेगावाट विद्युत राष्ट्रिय प्रणालीमा थप हुने बताएका हुन् । साथै उनले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)सम्झौता राष्ट्रको हितमा हुने पनि दाबी उनको दाबी थियो ।

व्यास नगरपालिकाको मतगणना विवाद सर्वाेच्चमा
तनहुँको व्यास नगरपालिकाको मत गणनासम्बन्धी विवाद सर्वोच्च अदालतमा पुगेको छ । उच्च अदालत, पोखराले पुनः मतगणनाको आदेश दिएपछि हालका नगर प्रमुख वैकुण्ठ न्यौपानेले सर्वोच्चमा रिट दायर गरेका हुन् । उनले बिहीबार दायर गरेको रिटको पेसी आइतबारका लागि तोकिएको छ ।

थानकोट–चित्लाङ सडक खण्ड बन्द
गणेशमान मार्गको थानकोट–चित्लाङ सडक खण्ड आगामी २० असारसम्म बन्द हुने भएको छ । सो सडक खण्ड अन्तर्गत सेतो पहरोमा सडक निर्माणकार्य जारी रहने भएकाले सडक बन्द हुने चन्द्रागिरि नगरपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सुनको भाउमा नयाँ रेकर्ड
बिहीबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ४४ हजारमा कारोबार भएको छ । अहिलेसम्म कायम सबै मूल्यलाई उछिन्दै छापावाल सुनको मूल्य तोलामा १ लाख ४४ हजार रुपैयाँ कायम भएको हो । त्यस्तै तेजाबी सुन तोलामा १ लाख ४३ हजार ३ सय रुपैयाँ र चाँदी प्रतितोला १ हजार ८ सय पचास रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  ७ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर