१ आश्विन २०८३, बिहिबार । September 18, 2026

टी–२० विश्वकप

अस्ट्रेलियासँग ओमान ३९ रनले पराजित


२४ जेष्ठ २०८१, बिहिबार  

144
Shares

एजेन्सी । वेस्ट इन्डिज र अमेरिकामा जारी टी–२० विश्वकपमा समूह बी अन्तरगत आफ्नो पहिलो खेलमा अस्ट्रेलियाले ओमानलाई ३९ रनले पराजित गरेको छ ।

१ सय ६५ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाएर १ सय २५ रन मात्र बनाउन सक्यो । ओमानका लागि आयान खानले सर्वाधिक ३६ रन बनाए । उनले ३० बलमा २ चौका र २ छक्का हिर्काए । त्यस्तै, मेहरान खानले १६ बलमा २७ रन जोडे । उनले १ चौका र दुई छक्का प्रहार गरे । कप्तान अकिब इलियासले १८ बलमा १८ रनको योगदान दिए ।

उनले २ चौका र १ छक्का प्रहार गरे । शकिल अहमदले १० बलमा ११ रन जोडे । खेलमा अलराउन्ड प्रदर्शन गरेका मार्कस स्टोइनिसले ३ विकेट लिए । उनले ३ ओभर बलिङ गर्दै मात्र १९ रन खर्चिए । अस्टे«लियाका नाथन इलिस, एडम जाम्पा र मिचेल स्टार्कले २–२ विकेट हात पारे ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६४ रन बनाएको थियो ।

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  १० : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ