१६ पुस २०८२, बुधबार । January 1, 2026

टी–२० विश्वकप

अस्ट्रेलियासँग ओमान ३९ रनले पराजित



एजेन्सी । वेस्ट इन्डिज र अमेरिकामा जारी टी–२० विश्वकपमा समूह बी अन्तरगत आफ्नो पहिलो खेलमा अस्ट्रेलियाले ओमानलाई ३९ रनले पराजित गरेको छ ।

१ सय ६५ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाएर १ सय २५ रन मात्र बनाउन सक्यो । ओमानका लागि आयान खानले सर्वाधिक ३६ रन बनाए । उनले ३० बलमा २ चौका र २ छक्का हिर्काए । त्यस्तै, मेहरान खानले १६ बलमा २७ रन जोडे । उनले १ चौका र दुई छक्का प्रहार गरे । कप्तान अकिब इलियासले १८ बलमा १८ रनको योगदान दिए ।

उनले २ चौका र १ छक्का प्रहार गरे । शकिल अहमदले १० बलमा ११ रन जोडे । खेलमा अलराउन्ड प्रदर्शन गरेका मार्कस स्टोइनिसले ३ विकेट लिए । उनले ३ ओभर बलिङ गर्दै मात्र १९ रन खर्चिए । अस्टे«लियाका नाथन इलिस, एडम जाम्पा र मिचेल स्टार्कले २–२ विकेट हात पारे ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६४ रन बनाएको थियो ।

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  १० : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई