२० असार २०८३, शनिबार । July 4, 2026

जेठ २२ गते मंगलबार दिनभर के–के भयो ?

बालेनमाथि एमालेको प्रहार ! देशको गोप्य सूचना बेच्ने को ? सरकारको भ्रष्टाचार विरोधी अभियानमा ब्रेक ! रास्वपा सांसद्लाई लाग्यो विश्वकप ! विश्वकपमा उत्साहित नेपाली टोली…


२२ जेष्ठ २०८१, मंगलबार  

42
Shares

बालेनमाथि एमालेको प्रहार
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले संयमता गुमाउँदै गएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद् भट्टराईले मेयर साहको चर्को आलोचना गरेका छन् । ५४ मा एमालेले काठमाडौं महानगरको चुनाव जितेपछि सभ्य सहर बनाउने अभियान थालेको भन्दै अहिले पनि आफुहरु बालेनलाई सहयोग गर्न तयार रहेको उनको भनाई थियो । पछिल्ला गतिविधि हेर्दा बालेनले लाखौँ युवालाई धोका दिन खोजेको उनले आरोप समेत लगाएका छन् ।

देशको गोप्य सूचना बेच्ने को ?
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग गोप्य सूचना बेच्ने सांसदबारे विस्तृत जानकारी माग गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद केसीले गोप्य सूचना बेच्ने बिषय आन्तरिक मामिला नभएको पनि बताए । गोप्य सूचना बेच्ने सांसद यहि सदनमा छ भनेर गृहमन्त्रीले बोलेको कुरा स्मरण गर्दै सांसद केसीले त्यो सांसदलाई नेपाली जनताले हेर्न चाहेको र यसको जानकारी दिनुपर्ने माग राखेका छन् ।

सरकारको भ्रष्टाचार विरोधी अभियानमा ब्रेक
सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले सरकारको भ्रष्टाचार विरोधी अभियानमा सुस्तता आएको बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद दाहालले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले डेढ बर्षको अवधिमा सुशासन, समृद्धि र सामाजिक न्यायको कार्यभार पूरा गर्ने प्रयास गरेको तर हाल सुस्तता आएको बताएका हुन् । साथै उनले संस्थागत भ्रष्टाचारका फाइल खोलिएको र तिनलाई किनारा लगाउन बाँकी रहेको पनि आँैल्याएका छन् ।

स्वास्थ्य सेवा शुल्क तोक्न माग
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले सरकारी तथा निजी अस्पतालहरुमा स्वास्थ्य सेवा शुल्क तोक्न माग गरेकी छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले स्वास्थ्य सेवाको शुल्क निर्धारण गर्न सरकारसँग माग गरेकी हुन् । सांसद कार्कीले स्वास्थ्यकर्मीको दरबन्दी थप्ने र त्यसको व्यवस्थापन गर्ने काममा पनि सरकारले ढिलाई गर्न नहुने बताएकी हुन् । उनले मुलुकको स्वास्थ्य क्षेत्र लथालिंग भएकाले त्यसको नियमनमा उचित ध्यान दिन पनि सरकारलाई आग्रह गरेकी हुन् ।

शान्ति प्रक्रियाको बाँकी काम अविलम्ब टुंग्याउन जोड
नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले शान्ति प्रक्रियाका बाँकी कामहरु अविलम्ब टुंग्याउनुपर्ने बताएका छन् । राष्ट्रिय सभाको मंगलबारको बैठकमा बोल्दै सांसद सिटौलाले शान्ति प्रक्रियाको बाँकी कामहरु अविलम्ब टुंग्याउनुपर्ने बताएका हुन् । उनले तत्कालीन राज्य पक्ष र विद्रोही पक्षको चेपुवामा परेका नागरिकहरुले अझैपनि न्याय नपाएको भन्दै उनीहरुलाई न्याय दिनका लागि अरु ढिला गर्न नहुने बताए । साथै उनले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न नसके राजनीतिक दलहरु राष्ट्रिय र अन्तर्राष्ट्रिय विवादको घेराबाट मुक्त हुन नसक्ने बताए ।

बजेट उत्पादन केन्द्रित र वस्तुपरक छ
अर्थमन्त्री बर्षमान पुनले आगामी आर्थिक बर्षको बजेट सन्तुलित र विकासलाई प्राथमिकता दिनेगरी ल्याएको बताएका छन् । राष्ट्रिय सभामा बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री पुनले सन्तुलित बजेट ल्याएको बताएका हुन् । उनले आगामी बर्षको बजेट सातै प्रदेशलाई समानरुपमा बजेट वितरण गर्ने र राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकतामा राखेको दाबी गरे ।

रास्वपा सांसद्लाई लाग्यो विश्वकप
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद्हरु नेपाली क्रिकेट टोलीको सम्मान र हौसलाका लागि संसद बैठकमा टीमको जर्सी लगाएर सहभागी भएका छन् । रास्वपाका सांसदहरुले विश्वकपमा भाग लिएको नेपाली टीमको हौसालाका लागि संसद बैठकमा जर्सी लगाएर आएको प्रतिक्रिया दिएका छन् । नेपालले आईसीसी टी–२० विश्वकपमा मंगलबार राति ९ः१५ बजे नेदरल्यान्ड्सको सामना गर्दैछ ।

विश्वकपमा उत्साहित नेपाली टोली
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले टी–२० विश्वकप २०२४ को पहिलो खेल खेल्न उत्साहित भएको बताएका छन् । मंगलबार नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्स सँग खेल्दै विश्वकप २०२४ को सुरुआत गर्दैछ । खेल नेपाली समय अनुसार राति ९ बजेर १५ मिनेटमा सुरु हुँदैछ । नेपालका कप्तान पौडेलले सबै टिम सन्तुलित र प्रतिस्पर्धी भएको भन्दै पहिलो खेल जित्नु निकै महत्वपूर्ण हुने पनि बताए ।

अरुण तेस्रो जलविद्युत आयोजना सुरुङको ‘ब्रेक थ्रु’
संखुवासभा मकालु–५ आमराङस्थित अरुण तेस्रो जलविद्युत आयोजनाको सुरुङको ब्रेक थ्रु भएको छ । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो आयोजनाको सुरुङको ब्रेक थ्रु गरेका हुन् । सुरुङको ब्रेक थ्रु कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले उर्जा क्षेत्रको विकासलाई सरकारले उच्च प्राथमिकतामा रखेको बताए । सन् २०२६ मा विकासशील मुलुकमा फड्को मार्ने र सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्ने प्राथमिकता निर्धारण गरेर काम गरिरहेको वर्तमान सरकारले पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेको उनको भनाई थियो ।

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलबार  ७ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर