१८ जेष्ठ २०८३, सोमबार । June 1, 2026

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो पटक वाराणसीबाट विजयी


२२ जेष्ठ २०८१, मंगलबार  

9
Shares

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी हिन्दू पवित्र शहर वाराणसीको प्रतिनिधित्व गर्ने आफ्नो निर्वाचन क्षेत्रबाट एक लाख ५२ हजार मतान्तरले पुनः निर्वाचित भएका छन् ।

मोदी र उनका सहयोगीहरू (एनडीए) मङ्गलबार देशको आम चुनावको मतगणनामा विजयका लागि अघि बढिरहेका छ । तर विपक्षी उम्मेदवारहरूले अग्रता लिँदा संसदीय बहुमत अत्यन्त कम भएको छ । टिप्पणीकार र एक्जिट पोलहरूले मोदीका लागि भारी विजयको प्रक्षेपण गरेका थिए । निर्वाचन आयोगको तथ्याङ्कअनुसार एक दशकमा पहिलो पटक मोदीको भारतीय जनता पार्टी (भाजपा) आफ्नै पूर्ण बहुमत प्राप्त गर्न असफल हुन सक्ने देखिएको छ ।

यसको अर्थ सरकार बनाउन भाजपा आफ्नो गठबन्धन साझेदारहरूमा भर पर्नुपर्नेछ । बयानब्बे प्रतिशत मत गणनामा भाजपाको ३७ दशमलव एक प्रतिशत सन् २०१९ को यसअघिको निर्वाचनको तुलनामा थोरै कम हो । मुख्य विपक्षी कांग्रेस पार्टीले आफ्नो संसदीय सिटहरू झण्डै दोब्बर बनाउन सक्ने अनुमान गरिएको छ । निर्वाचन आयोगको तथ्याङ्कले भाजपा र यसका सहयोगीहरूले कूल पाँच सय ४३ मध्ये कम्तीमा दुई सय ८२ सिटमा अगाडि रहेको देखाएको छ ।

यो संसदीय बहुमतका लागि पर्याप्त छ । तर भाजपा स्वयं भने दुई सय ३९ सीटमा मात्र अगाडि रहेको छ । पाँच वर्षअघिको निर्वाचनमा भाजपाले प्राप्त गरेको तीन सय तीन सिटभन्दा यो धेरै कम हो । कांग्रेस भने अघिल्लो निर्वाचनमा जितेको ५२ सिटबाट बढेर ९९ मा अगाडि रहेको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलबार  ७ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिआईबीका ठूला अनुसन्धानले बढायो कानुनी शासनप्रतिको भरोसा

काठमाडौं । पछिल्लो समय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली