८ चैत्र २०८२, आइतबार । March 22, 2026

टी–२० विश्वकप

नेपाल र नेदरल्यान्ड्स भिड्दै, यस्तो छ ‘हेड टु हेड’ को अवस्था…


२२ जेष्ठ २०८१, मंगलबार  

222
Shares

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा १० बर्षपछि पुनरागमन गरेको नेपालले आज आफ्नो पहिलो खेल नेदरल्यान्ड्स सँग खेल्दै छ ।

नेपालले यसअघि सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकप खेलेको थियो । गएको कात्तिकमा मूलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा भएको एशिया छनोट खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई सेमिफाइनलमा पराजित गर्दै नेपालले विश्वकपमा आफ्नो स्थान पक्का गरेको थियो ।

नेपालले दोस्रोपटक टी–२० विश्वकपमा सहभागिता जनाउँदा नेदरल्यान्ड्स भने पाँचौपटक सहभागि हुँदैछ । नेपाल र नेदरल्यान्ड्स दुवै चिरपरिचि प्रतिद्वन्द्वी हुन् । तीन महिनाअघि मात्रै नेपालमा भएको त्रिदेशीय टी–२० शृङ्खलामा नेदरल्यान्ड्सले दुई खेल जित्दा नेपालले एक खेलमा जित हाँसिल गरेको थियो ।

अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी रङ्गशालामा आज राति हुने उक्त खेलमा नेपालले विजयी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ मैदानमा उत्रँदैछ । त्यसो त नेदरल्यान्ड्स पनि आफ्नो पहिलो खेलमा जित हासिल गर्दै आगामी यात्रालाई सहज बनाउने कोसिसमा रहनेछ । विश्वकपमा नेपालर नेदरल्यान्ड्स समूह डी मा रहेका छन् । नेपाल रहेको उक्त समूहमा टेस्ट मान्यता प्राप्त राष्ट्र दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश पनि रहेका छन् ।

सोमबार राति भएको समूह डी को पहिलो खेलमा श्रीलंकालाई दक्षिण अफ्रिकाले ६ विकेटले हराएको थियो । समूह डी को दोस्रो खेलमा आज नेपाल र नेदरल्यान्ड भिड्दैछन् । नेपालका दीपेन्द्रसिंह ऐरी प्रमुख अलराउण्डर हुन् । दीपेन्द्रले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा राम्रो प्रदर्शन गर्दै आएका छन् । यस्तै आजको खेलमा नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले राम्रो सुरुवातको अपेक्षा पनि गरिएको छ ।

विगतमा नेपाल र नेदरल्यान्डबीच भएका टी–२० आईको नतिजा यस्तो छ…
नेपाल र नेदरल्यान्ड्सबीच हालसम्म टी–२० आईमा १२ खेल भएका छन् । टी–२० आईको हेड टु हेडमा नेपाल ५ खेलमा विजयी भएको छ भने ६ खेलमा पराजित र १ खेल नतिजाविहीन छ । टी–२० विश्वकपमा भने नेपाल र नेदरल्यान्ड्सको पहिलो भेट हो ।
नेपाल २०१५ जुलाईमा चार टी–२० आई सिरिज खेल्न् नेदरल्यान्ड्स गएको थियो ।

जतिबेला नेपाल पहिलो खेलमा १६ रनले पराजित रहेको थियो । त्यस्तै दोस्रो खेलमा १ सय ३ रनले पराजित भएको थियो । उक्त खेलमा नेपाल १ सय ७३ रनको लक्ष्य पछ्याउने क्रममा ६९ रनमै अल आउट हुन पुगेको थियो । तेस्रो खेलमा पनि नेपाल १८ रनले पराजित भएको थियो भने सिरिजको चौथो खेलमा भने नेपालले ३ विकेटको जित हात पारेको थियो ।

त्यसपछि २०१८ मा नेपाल र नेदरल्यान्ड्सबीच इंग्ल्यान्डको लड्र्समा खेल भएको थियो । उक्त खेलमा नेदरल्यान्ड्स १६ दशमलव ४ ओभरमा १७४–४ को अवस्थामा हुँदा बर्षाका खेल रद्द भएको थियो । यस्तै २०१९ मा ओमानमा भएको पाँच देश सम्मिलित सिरिजमा नेपालले नेदरल्यान्ड्सलाई ४ विकेटले हराएको थियो ।

त्यसपछि २०२१ मा घरेलु मैदानमा नेपालले त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपाल नेदरल्यान्ड्स सँग ३ विकेटले पराजित भएको थियो । उक्त खेलमा नेपालले दिएको २ सय ७ रनको लक्ष्य नेदरल्यान्ड्सले १९ दशमलव ३ ओभरमा पुरा गरेको थियो । उक्त त्रिकोणान्मक सिरिजको फाइनलमा नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स १७ दशमलव २ आभेरमा ९६ रनमा अल आउन भएको थियो ।

२०२४ को मार्चमा नेपाल, नेदरल्यान्ड्स र नामिबियाबीचको त्रिकोणात्मक सिरिज पनि टीयू क्रिकेट मैदानमा नै भएको थियो । उक्त सिरिजको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्स सँग २ रनले पराजित भएको थियो । दोस्रो खेलमा नेदरल्यान्ड्सलाई १ सय २० रनमा अल आउट गर्दै नेपालले ६ विकेटको फराकिलो जित हात पारेको थियो ।

फाइनलमा भने नेपालले दिएको १ सय ८५ रनको लक्ष्य नेदरल्यान्ड्सले १९ दशमलव ३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो ।

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलबार  १० : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो