१५ पुस २०८२, मंगलबार । December 31, 2025

सिक्किम विधानसभा निर्वाचनः ३२ मध्ये ३१ सिटमा सत्तारुढ दल विजयी



काठमाडौं । भारतको सिक्किम विधानसभाको हालै सार्वजनीक मतपरिणम अनुसार ‘सिक्किम क्रान्तिकारी मोर्चा’ लाई प्रचण्ड बहुमत मिलेको छ ।

३२ सदस्यीय विधानसभामा ‘सिक्किम क्रान्तिकारी मोर्चा’ ले ३१ सिटमा जित निकाल्दै फेरी एकपटक सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गरेको छ । सिक्किम विधानसभामा कांग्रेस आई र भारतीय जनता पार्टीको उपस्थिति शून्य भएको छ । आफ्नो पार्टीले प्रचण्ड बहुमत प्राप्त गरेसँगै ‘सिक्किम क्रान्तिकारी मोर्चा’का नेता प्रेमसिंह तामाङ अर्थात पीएस गोले फेरी मुख्यमन्त्रीमा दोहोरिने भएका छन् ।

२०१९ को निर्वाचनमा आफ्नो पार्टीलाई १७ सिट दिलाएर मुख्यमन्त्री बनेका गोलेले अहिलेको निर्वाचनमा भने आफ्नो पार्टीको उपस्थिति एकलौटी जस्तो बनाएका छन् । सन् २०१९ मा उनले २४ वर्षदेखि सत्तामा रहँदै आएका पवन चाम्लिङलाई विस्थापित गरेका थिए । तामाङले सन् २०१३ मा पूर्वमुख्यमन्त्री चाम्लिङको पार्टी ‘सिक्किम डेमोक्रेटिक फ्रन्ट’मा विद्रोह गरेर ‘सिक्किम क्रान्तिकारी मोर्चा’ गठन गरेका थिए ।

त्यसको अर्को वर्ष भएको निर्वाचनमा ‘सिक्किम क्रान्तिकारी मोर्चा’ले विधानसभाका ३२ मध्ये १० सिटमा जित हासिल गरेको थियो ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  ३ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई