२१ मंसिर २०८२, शनिबार । December 6, 2025

टी–२० विश्वकप

दोस्रो खेलमा वेस्ट इन्डिज र पीएनजी भिड्दै, को कति बलियो ?



एजेन्सी । आइतबारबाट सुरु भएको आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको नवौँ संस्करणको दास्रो खेलमा आयोजक वेस्ट इन्डिज र पपुवा न्यु गिनी (पीएनजी) भिड्दैछन् ।

उक्त खेल नेपाली समय अनुसार आइतबार राति ८ः१५ बजे सुरु हुनेछ । खेल क्यारेबियन राष्ट्र गुयनाको जर्जटाउनस्थित प्रोभिडेन्स स्टेडियममा हुनेछ आईसीसीको पछिल्लो टी–२० वरियतामा वेस्ट इन्डिज चौथो स्थानमा रहेको छ भने पीएनजी २० औँ वरियतामा रहेको छ । जरी टी–२० विश्वकपमा वेस्ट इन्डिज र पीएनजी समूह ‘सी’ मा रहेका छन् ।

उक्त समूहमा वेस्ट इन्डिज र पीएनजी सँगै न्यूजिल्यान्ड, अफगानिस्तान र युगान्डा पनि रहेका छन् । २००७ सालमा सम्पन्न टी–२० विश्वकपको पहिलो संस्करणदेखि नै निरन्तर रुपमा आफ्नो सहभागिता जनाउँदै आएको वेस्ट इन्डिज र पीएनजी बीचको प्रतिष्पर्धा कस्तो होला ? निकै चासोका साथ हेरिएको छ । यद्यपी पीएनजीको भने टी–२० विश्वकपमा यो दोस्रो सहभागिता हो । पीएनजीले यसअघि सन् २०२१ मा पहिलो पटक टी–२० विश्वकपमा भाग लिएको थियो ।

त्यसबखत पीएनजी प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएको थियो । वेस्ट इन्डिजले हालसम्म दुई पटक टी–२० विश्वकपको उपाधि उचालिसकेको छ । दुई पटक टी–२० विश्वकपको उपाधि जित्ने वेस्ट इन्डिज पहिलो राष्ट्रपनि हो । वेस्ट इन्डिजको टोलीले पहिलो पटक सन् २०१२ र दोस्रो पटक २०१६ मा विश्वकपको उपाधि हात पारेको थियो ।

विगतका यि सवै तथ्यलाई नियाल्दा पीएनजी भन्दा वेस्ट इन्डिजको टोलि निकै बलियो देखिन्छ । वेस्ट इन्डिज र पीएनजीले हालसम्म आपसमा एउटा पनि टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छैनन् । यस अर्थमा, यही विश्वकपमा यी दुई टोली पहिलो पटक आपसमा भिड्न लागेका हुन् ।

सन् २०१८ मा यी दुई टोलीबिच एकमात्र एक दिवसीय अन्तर्राष्ट्रिय खेल भएको थियो । जुन खेलमा वेस्ट इन्डिज ६ विकेटले विजयी भएको थियो ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  १२ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको