१ आश्विन २०८३, बिहिबार । September 17, 2026

टी–२० विश्वकप

क्यानडाले अमेरिकालाई दियो १ सय ९५ रनको लक्ष्य


२० जेष्ठ २०८१, आइतबार  

48
Shares

एजेन्सी । आईसीसी टी–२० विश्वकप २०२४ को पहिलो खेलमा घरेलु टोली अमेरिकालाई क्यानडाले १ सय ९५ रनको लक्ष्य दिएको छ ।

डालसमा रहेको ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९४ रन बनायो । क्यानडाका ओपनर नवनीत धालिवालले ४४ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ६१ रन बनाए । निकोलस किर्टोनले ३१ बलमा ३ चौका र २ छक्कासहित ५१ रन बनाए ।

श्रेयस मोभ्भा १६ बलमा २ चौका र २ छक्कासहित ३२ रनमा नट आउट रहे । क्यानडालाई ओपनर आरोन जोनसन र नवनित धालिवालले ५।२ ओभरमा ४३ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । जोनसन १५ बलमा ५ चौकासहित २३ रनमा नितेश कुमारबाट लङअफमा क्याच आउट भए । उनी स्पिनर हरम्रीत सिंहको स्लो बलमा ठूलो सट खेल्ने धुनमा क्याच आउट हुन पुगे । परग्रत सिंह भने ५ रनमै रन आउट भए । त्यो समय क्यानडा ८ ओभरमा ६६-२ को अवस्थामा थियो ।

त्यसपछि तेस्रो विकेटका लागि निकोलस किर्टोन र धालिवालले ३७ बलमा ६२ रनको साझेदारी गरेका थिए । धालिवाल कोरी एन्डरसनको बलमा जसदीप सिंहबाट क्याच आउट भएका थिए ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  ८ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ