२१ मंसिर २०८२, शनिबार । December 6, 2025

फौजदारी मुद्दामा अमेरिकाका पुर्व राष्ट्रपति ट्रम्प दोषी ठहर



काठमाडौं । पोर्न स्टार स्ट्रेमी ड्यानियल्स सँगको सम्बन्ध चुपचाप राख्न गोप्य रूपमा पैसा (हस् मनि) दिएको आरोप लागेका अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प उक्त मुद्दामा दोषी ठहर भएका छन् ।

बिहीबार न्यु योर्क ट्रायल कोर्टमा सम्पन्न जुरी सुनवाइले ट्रम्पलाई दोषी ठहर गरेको हो । यो सँगै कुनै पनि फौजदारी मुद्दामा दोषी ठहर हुने पहिलो अमेरिकी राष्ट्रपति ट्रम्प बनेका छन् । न्यु योर्क ट्रायल अदालतका १२ जना जुरी ले २०१६ को आम निर्वाचन को बेला ट्रम्पले पोर्न स्टार ड्यानियल्स सँगको सम्बन्ध लुकाउन अमेरिकी डलर १ लाख ३० हजार दिएको आरोप लागेको थियो । सो आरोप माथि न्युयोर्कको ट्रयाल (जिल्ला) अदालतमा ट्रम्पको मुद्दा चलेको थियो ।

सो मुद्दामा जुरी ट्रायल भएको थियो । १२ जनाको स्वतन्त्र जुरीले हस् मनि लगायत उनी विरुद्धको व्यापार व्यवसाय सम्बन्धित गलत वित्तीय विवरण तथा कार्यका सबै ३४ मुद्दामा दोषी ठहर गरेको छ ।

करिब ६ हप्ता चलेको यो बहसले अन्ततः पूर्व राष्ट्रपति ट्रम्पलाई फौजदारी कसुरमा दोषी ठहर गरेको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८१, शुक्रबार  ९ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको