२६ फाल्गुन २०८१, सोमबार । March 10, 2025

मौसम पूर्वानुमानः केही स्थानमा मेघगर्जन,चट्याङसहित हल्का वर्षाको सम्भावना



काठमाडौं । हाल देशमा स्थानीय र पश्चिमी वायुका साथै विहार आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगमा मुख्यतया मौसम सफा र रहेको छभने कोशी ,मधेस र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।

कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा मेघगर्जन, चट्याङ र हुरीबताससहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिउँ पर्नसक्नेछ । त्यसैगरी, आज राति देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने अन्य बाँकी क्षेत्रमा आंशिक बदली भई मुख्यतया मौसम सफा रहने छ ।

कोशी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हुरीबताससहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी र लुम्बिनी प्रदेशलगायत मुलुकका पहाडी भागका केही स्थानमा तथा बाँकी प्रदेशका केही क्षेत्रमा मेघगर्जन, चट्याङ र हुरीबताससहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाउँदै विभागले देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना भएकाले सतर्कता अपनाउन हुन अनुरोध गरेको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलबार  ६ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको मूल्य सामान्य बढ्यो, चाँदीको मूल्य भने स्थिर

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ

चार देशीय सिरिजः आज नेपालले हङकङको सामना गर्दै

काठमाडौं । युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिज

भारतले जित्यो आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि

काठमाडौं । आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि भारतले जितेको छ ।

अमेरिकी डलरको भाउ स्थिर, अन्य कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः यी तीन प्रदेशमा बर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी साथै स्थानीय वायुको आंशिक प्रभाव