८ पुस २०८२, मंगलबार । December 23, 2025

जेठ ७ गते सोमबार दिनभर के–के भयो ?

चौथो पटक पनि पास भए प्रचण्ड ! संसद्मा दलहरुको उदण्डता ! कांग्रेसमाथि आक्रोशित प्रचण्ड ! सभामुखमाथि संगिन आरोप ! गगनलाई जेल हाल्न माग ! इरानी राष्ट्रपतिको निधन…



प्रधानमन्त्रीलाई चौथो पटक विश्वासको मत
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथो पटक विश्वासको मत प्राप्त गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा १ सय ५८ सांसद् मतदानमा सहभागी भएका थिए । जसमध्ये विश्वासको मतको पक्षमा १ सय ५७ मत परेको थियो । विपक्षमा शून्य र मत दिन्नँ भन्ने पक्षमा १ मत परेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सहितका विपक्षी दलहरुको नाराबाजीकै बिच प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका हुन् ।

कांग्रेसप्रति प्रधानमन्त्रीको आक्रोश
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा नाराबाजी गरिरहेका कांग्रेसप्रति आक्रोश पोखेका छन् । विपक्षी दलहरुको वेल घेराउ र नाराबाजीका बीच संसद्बाट चौथो पटक विश्वासको मत प्राप्त गरेका प्रधामन्त्री प्रचण्डले कांग्रेसले गरेको व्यवहारको चर्को मूल्य पर्ने बताएका हुन् । विगतमा पटकपटक कांग्रेसलाई साथ दिएको र यो पटक पनि सम्वादमा सहमतिमा ल्याउन पहल गरेको आफूलाई संविधानअनुसार विश्वासको मत लिन समेत नदिएको भन्दै उनले कांग्रेसको यो गतिविधि नेपालको इतिहासमा कलंकका रुपमा स्थापित हुने समेत उनको भनाइ थियो ।

कांग्रेसद्वारा मतदान बहिष्कार
सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्कपमल दाहाल प्रचण्डले विश्वासको मत लिँदा नेपाली कांग्रेससहित प्रतिपक्षी दलहरुले मतदान बहिष्कार गरेका थिए । कांग्रेससहित राप्रपा, जसपा नेपाल, लोसपा नेपाल र राष्ट्रिय जनमोर्चा मत विभाजन प्रक्रियामा सहभागी भएका थिएनन् । प्रधानमन्त्रीले विश्वासको मत लिने पूरै प्रक्रियाभर कांग्रेससहितका विपक्षी दल नाराबाजीमा रहे भने सभामुखले मत विभाजन गर्दा विपक्षीले भोट हालेनन् ।

सभामुखको भुमिकामाथि गम्भिर प्रश्न
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सभामुख देवराज घिमिरे सभामुखको रुपमा नभई पार्टीको कार्यकर्ताको रुपमा प्रस्तुत भएको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक शाहीले प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले सभामुखको रुपमा भूमिका निर्वाह नगरेको बताएका हुन् । उनले सभामुखलाई सभामुखको रुपमा कुर्सीमा बसेको नदेखेर पार्टीको कार्यकर्ताको रुपमा कुर्सीमा देखेको टिप्पणी गरेका छन् । साथै उनले सभामुखलाई सभामुख हो वा अमुक पार्टीको कार्यकर्ता हो भनी प्रश्न समेत गरको छन् ।

सत्ता र प्रतिपक्षको चपेटामा संसद्
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेसले अबदेखि आफूलाई लोकतान्त्रिक पार्टी भन्न छाड्नुपर्ने बताएका छन् । संसद् भवन परिसरमा सोमबार पत्रकारहरुलाई प्रतिक्रिउा दिँदै कांग्रेसको अलोकतान्त्रिक चरित्र उदांगो भएको दाबी उनले गरेका हुन् । साथै उनले सोमबार संसद्मा कांग्रेसले देखाएको शैली र तरिका उसका लागि घातक हुने समेत बताएका छन् ।

प्रधानमन्त्रीलाई कांग्रेसको प्रतिप्रश्न
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार संसद्मा दिएको अभिव्यक्रि गैरजिम्मेवारपूर्ण भएको बताएका छ । विश्वासको मत लिने क्रममा कांग्रेस सांसद्हरुले वेल घेराउ गरेपछि प्रधानमन्त्री प्रचण्डले आक्रोशपूर्ण अभिव्यक्ति दिएका थिए । उनले कांग्रेसले यसको ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी समेत दिएका थिए । संसद् बैठकपछि आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका थिए । साथै उनले माओवादीलाई कांग्रेसले शान्तिप्रक्रियामा ल्याएको विर्सिनुभयो भन्दै प्रतिप्रश्न समेत गरेका थिए ।

रविलाई कारबाही गर्न कांग्रेसको माग
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसद्को अवहेलनामा कारवाहीको माग गर्दै नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सभामुखलाई निवेदन दिएका छन् । गृहमन्त्री लामिछानेले संसदमा अर्थहीन र आधारहीन कुरा गरी कांग्रेस सांसदहरूको मानमर्दन गर्न खोजेको र उनको अभिव्यक्ति प्रतिनिधिसभा नियमावली विपरीत भएको भन्दै संसदको अवेहलनामा कारवाही गर्नुपर्ने गुरूङको माग छ । गुरूङले निवेदनसँगै रातो कूटनीतिक राहदानी दुरुपयोग गरेको भन्ने आरोपको सम्बन्धमा सर्वोच्च अदालतले २४ असोज २०६४ मा गरेको फैसलाको प्रतिलिपि पनि संलग्न गरेका छन् ।

रवि विरुद्ध सडक देखि सदनसम्मै कांग्रेस
नेपाली कांग्रेसलगायत विपक्षी दलहरुले सदन र सडकबाट संयुक्त रुपमा संसदीय छानबिन समिति गठनको माग गर्ने भएका छन् । सोमबार दिउँसो बसेको विपक्षी दलहरूको बैठकले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको मागलाई थप सशक्त रूपमा उठाउने निर्णय गरेको हो । बैठकले आजको प्रतिनिधि सभामा सभामुख देवराज घिमिरेले खेलेको भूमिकामाथि पनि प्रश्न उठाएको छ । बैठकमा कांग्रेस, राप्रपाका साथै जसपा नेपाल, लोसपा र राष्ट्रिय जनमोर्चाका नेताहरू समेत उपस्थित थिए ।

गगनलाई गिरफ्तार गर्नुपर्ने माग
नेकपा एमालेका नेता डा.भीम रावलले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई राज्यको सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरिनुपर्ने बताएका छन् । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सोमबार प्रतिनिधिसभामा सम्बोधन गर्दै कांग्रेस महामन्त्री थापाले देशका गोप्य सूचना विदेशीलाई बेचेको आरोप लगाएका थिए । लामिछानेको सोही अभिव्यक्तिमा केन्द्रित रहेर पूर्वमन्त्री समेत रहेका नेता रावलले सामाजिक सञ्जाल फेसबुकमार्फत गगनलाई कारबाही नगर्ने हो भने गृहमन्त्री लामिछाने देशद्रोहीको मतियार ठहरिने समेत बताएका छन् ।

हेलिकप्टर दुर्घटनामा परि इरानी राष्ट्रपतिको निधन
इरानका राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । आइतबार हेलिकप्टर दुर्घटनामा परेका उनको अवस्था अज्ञात थियो । समाचार एजेन्सी रोयटर्सका अनुसार एक इरानी अधिकारीलाई उद्धृत गर्दै दुर्घटनामा हेलिकप्टर पूर्ण रुपमा जलेको उल्लेख गरेको छ । उद्धारकर्मी सोमबार बिहान घटनास्थल पुगेका थिए । दुर्घटना स्थलको मौसम निकै खराब रहेकोले उद्धार टोलीलाई घटनास्थलसम्म पुग्न निकै कठिनाइ भएको थियो ।

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार  ९ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले