२८ चैत्र २०८२, शनिबार । April 11, 2026

गुरुङ गाउँका घाटु नाच हराउँदै, संरक्षणमा सोरबिस्नाका गुरुङ


६ जेष्ठ २०८१, आइतबार  

6
Shares

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–६ मा अवस्थित सोरबिस्ना गाउँका गुरुङहरु लोपोन्मुख अवस्थामा पुगेको सती घाटु नाँच संरक्षणमा जुटेका छन् ।

गाउँपालिकाका अन्य गुरुङ बस्तीहरुमा घाटु नचाउँन छाडे पनि यहाँका स्थानीय त्यसको संरक्षणमा लागेका छन् । स्थानीय सुजन गुरुङले पहिले इच्छाकामना गाउँपालिकाका अधिकांश गुरुङ गाउँमा घाटु नचाइने गरिए पनि पछिल्लो समय यो नाच हराउने अवस्थामा पुगेको बताए ।

यद्दपि इच्छाकामनाको स्वरबिस्ना गाउँमा भने यो नाँचलाई निरन्तरता दिइएको उनको भनाइ छ । उनका अनुसार यस वर्ष पनि स्थानीय पन्थदेवी आमा समूहको आयोजनामा यही जेठ ११ गतेदेखि सति घाटु नाच नचाइँदै छ । गुरुङले घाटु गुरुआमा मङ्गलीमाया गुरुङको नेतृत्वमा ६ जना गुरुआमाहरुले घाटु गीत गाउने र नौ जना कन्यालाई घाटु नचाइने जानकारी दिनुए ।

गुरुङ संस्कृतिअनुसार माघ महिनामा बसन्तपञ्चमीबाट सुरू भएको घाटु नाँच वैशाख पूर्णिमापछिको पञ्चमीमा समापन गरिन्छ । एक दशक अघिसम्म इच्छाकामनाका अधिकांश गुरुङ गाउँमा नचाइने घाटु पुस्तान्तरण हुन नसक्दा हराउँदै गएको स्थानीय चित्रबहादुर गुरुङले बताए ।

याकराङ, ढुङ्ग्रे काटीश्वरालगायतका गाउँमा केही वर्ष अघिसम्म घाटु नाँच नचाइने गरे पनि निरन्तरता नपाएका उनको भनाइ छ । “यहीले गुरुङ बाहुल्य गाउँमा घाटु नाँचका लागि गुरु आमा भेटिदैँनन्, पछिल्लो समय बसाइँसराइ र पुस्तान्तरण नहँुदा समस्या आएको हो । अब सय विषयमा सचेत नहुने हो भने कसैले पनि घाटु नाच देख्न पाउने छैनन्”, उनले चिन्ता जाहेर गरे ।

घाटु नाँच सती र बाह्रमासे गरी दुई प्रकारको हुन्छ । सति श्रीपञ्चमीमा सुरू भई वैशाख पूर्णिमामा अन्त्य गरिन्छ भने बाह्रमासे जुनबेला पनि नाच्ने गरिन्छ । गुरुङ समुदायको ऐतिहासिक घटनाक्रमसँग जोडिएका घाटु नृत्य ठाउँअनुसार फरक–फरक पाइए पनि सबै ठाउँमा नाचिने घाटुको कथा भने एउटै हुने घाटु गुरु बताउँछन् ।

उनिहरुले दिएको जनाकारी अनुसार सत्रौँ सताब्दीदेखि घाटु नृत्यको प्रारम्भ भएको मानिन्छ । यस नृत्यमा रजश्वला नभएका दुईजना कन्यालाई स्थानीय वेषभूषामा सजाइ मध्ययुगिन राजा परशुराम र रानी आम्पावतीको प्रतीकका रूपमा घाटु नृत्य प्रारम्भ गरिन्छ ।

लमजुङ, कास्कीलगायतका जिल्लामा दुई कन्यालाई मात्र नचाइने गरिए पनि तनहुँ, चितवन, गोरखालगायतका स्थानमा तीन कन्या वा विजोर सङ्ख्या पारी जति पनि कन्यालाई समावेश गरेर घाटु नचाइने गरिन्छ । पुरानो सांस्कृतिक नाँच भए पनि नयाँ पुस्ताको चासो नहुनु र पुरानो पुस्ताबाट हस्तान्तरणका लागि पहल नहुनुजस्ता कारणले लोप हुँदै गएको नाच संरक्षणका लागि आफूहरुका लागिपरेको स्थानीय सुजन गुरुङले बताए । घाटु नृत्यको गीतमा मानिसको जीवनशैली, जन्म, कर्म, शङ्गार, बिहेवारी, शिकार, माछा मार्ने, खेतीपाती तथा युद्धबारे व्याख्या तथा अभिनय गर्ने गरिन्छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आइतबार  ५ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व