८ पुस २०८२, मंगलबार । December 23, 2025

जेठ २ गते बुधबार दिनभर के–के भयो ?

सन्दीपले पाए सफाइ, विश्वकप खेल्ने पक्का ! कांग्रेसलाई रविको जवाफः बोल्न पाउने मेरो अधिकार हो ! कांग्रेसलाई संसद्मा बोल्न नदिने ओलीको चेतावनी ! उपेन्द्र यादवलाई सर्वोच्चको धक्का...



सन्दीपले पाए सफाइ
उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौँ जिल्ला अदालतको यसअघिको फैसलालाई उल्ट्याउँदै लामिछानेलाई सफाइ दिने फैसला गरेको हो । काठमाडौँ जिल्ला अदालतमा दायर भएको बलात्कार मुद्दामा अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्ष जेल सजाय सुनाएको थियो । त्यसविरुद्ध उच्च अदालत पुगेकामा उनले सफाइ पाएका हुन् ।

विश्वकप खेल्दै सन्दीप
नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले निलम्बन फुकुवा गर्दै आईसीसी टी–२० विश्वकप २०२४ खेल्न अमेरिका पठाउने भएको छ । उच्च अदालत पाटनले बलात्कार मुद्धामा सन्दीपलाई सफाई दिएसँगै क्यानले विश्वकप खेल्न पठाउने निर्णय गरेको हो । आईसीसीको नियम अनुसार विश्वकपमा २५ मे सम्म कुनैपनि टोलीले खेलाडी परिवर्तन गर्न पाउनेछन् ।

उपेन्द्र यादवलाई सर्वोच्चको धक्का
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको एकल इजलासले जेठ ८ गते अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने निर्णय गर्दै हालका लागि निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्ने आदेश गरेको हो ।

गौशाला–२६ बारे नकारात्मक टिप्पणी नगर्न सन्दीपपक्षको आग्रह
क्रिकेटर सन्दीप लामिछाने पक्षले जाहेरवाली गौशाला–२६ बारे नकारात्मक टिप्पणी नगर्न आग्रह गरेको छ । उच्च अदालत पाटनले बलात्कार मुद्दामा लामिछानेलाई सफाइ दिएपछि उनका वकिल सरोजकृष्ण घिमिरेले यो हार वा जितको कुरा नभएको स्पष्ट पार्दै उत्सव मनाउने बेला नभएको बताए । सन्दीपले पनि अदालतको फैसलालाई सम्मान गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए । साथै नेपालको क्रिकेट टोलीलाई अझ माथि पु¥याउन योगदान दिने लामिछानेको अठोट छ ।

डिल्लीराम खनाललाई ५ हजार धरौटीमा छाड्न आदेश
सहकारी घोटालामा संलग्न आरोपमा फरार गितेन्द्रबावु (जीवी) राईको ‘हत्या’ भएको दाबी गर्ने डिल्लीराम खनाललाई अदालतले धरौटीमा रिहा गर्न आदेश गरेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश खेमराज भट्टले उनलाई ५ हजार धरौटीमा छाड्न आदेश गरेका हुन् । खनालले जीवी राईको हत्या भएको दाबी गरेर सामाजिक सञ्जाल ‘युट्युब’मा अन्तर्वार्ता दिएका थिए । विद्युतीय अपराध अन्तर्गत झुटा अफवाह फैलाउन नहुने कसुरमा जिल्ला सरकारी वकिल कार्यालयले दायर गरेको अभियोग पत्रमा बुधवार थुनछेक पुरा भएको हो ।

प्रश्न उठेपछि बोल्न पाउनुपर्छ, त्यो मेरो अधिकार होः लामिछाने
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूमाथि प्रश्न उठेपछि संसद्मा त्यसको जवाफ दिन पाउनुपर्ने दोहो¥याएका छन् । बुधवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलपछि गृहमन्त्री लामिछानेले उठेका प्रश्नमाथि आफूले दिएको जवाफ चित्त नबुझे कांग्रेसले विरोध गर्न पाउने बताए । सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन नगर्दासम्म नेपाली कांग्रेसले संसद् अवरोध जारी राख्ने जनाउँदै आएको छ ।

कांग्रेस बकवास बोलिरहने, अर्काले प्रतिवाद पनि गर्न नपाउने ?: ओली
सत्तारुढ नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार खुस्कियो भनेर नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई चिथोरेको आरोप लगाएका छन् । साथै उनले अब नेपाली कांग्रेसलाई संसद्मा बोल्न नदिने चेतावनी समेत दिएका छन् । अध्यक्ष ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बचाउ गर्दै लामिछानेमाथि आरोप लागेपछि सदनमा बोल्न पाउनुपर्ने बताए । उनले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसद् बैठकमा उद्दण्डता प्रस्तुत गरेको समेत बताएका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागसहित संसद् अवरोध गरिरहेको छ ।

नीति तथा कार्यक्रमसँग मेल खाने बजेट आउँछः अर्थमन्त्री पुन
अर्थमन्त्री वर्षमान पुनले नीति तथा कार्यक्रमसँग मेल खाने गरी आगामी बजेट आउने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको पूर्व बजेट छलफल कार्यक्रममा अर्थमन्त्री पुनले बजेटसँग मौद्रिक नीतिको तालमेल हुने बताए । मन्त्री पुनले आगामी बजेट सरकारको मात्रै नभएर निजी क्षेत्रको पनि मनोबल उच्च हुने गरी आउने बताए । अर्थमन्त्री पुनले आगामी बजेटमा नेपाल राष्ट्र बैंकको सुझाव समेत समावेश हुने विश्वास व्यक्त गरेका छन् । विगतका वर्षमा सम्पन्न भएका, बहुवर्षीय ठेक्का लागेका र बजेटमा उल्लेख भए पनि स्रोत सुनिश्चित नभएका आयोजनामा भुक्तानीको समस्या रहेको उनको भनाई थियो ।

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  ७ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले