१ जेष्ठ २०८२, बुधबार । May 14, 2025

नीति तथा कार्यक्रम

ठूला अस्पतालमा दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गरिने



काठमाडौं । सरकारले पर्याप्त र जनशक्ति उपलब्ध भएका अस्पतालहरूमा दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गरिने जनाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सङ्घीय अस्पताललाई कार्य बोझका आधारमा पुनःसंरचना गरिने उल्लेख गरे । राष्ट्रपति पौडेलले वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कान्ति बाल अस्पताललगायतका पर्याप्त र जनशक्ति उपलब्ध भएका अस्पतालमा दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चारलन गरिने उल्लेख गरे ।

सरकारले कान्ति बाल अस्पतालमा थप पूर्वाधार निर्माण र स्तरोन्नति गरी सुविधासम्पन्न बनाइने जनाएको छ । त्यसैगरी सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई हृदयरोगसम्बन्धी विशेषज्ञ उत्पादन गर्न सक्षम संस्थाका रूपमा विकास गरिने पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । राष्ट्रपति पौडेलले सङ्घीय एवम् प्रादेशिक अस्पतालमा स्वास्थ्य तथा उपचारसँग सम्बन्धित अभिलेख एवम् सेवा प्रवाहलाई विद्युतीय प्रणालीमा आधारित बनाइने बताए ।

उनले एकै किसिमको परीक्षण पटक–पटक गर्नु नपर्ने र मेडिकल रेकर्ड अद्यावधिक गर्ने गरी स्वास्थ्य संस्थाहरूको विद्युतीय अभिलेख राख्ने व्यवस्था मिलाई त्यस्तो अभिलेखमा एक अर्काको पहुँच हुने व्यवस्था गरिने बताए ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  ४ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जेठ महिनाका लागि बैंकको ब्याजदरः अधिकांशको स्थिर, केहीमा सामान्य घटबढ

काठमाडौं । नेपालका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि ब्याजदर सार्वजनिक

‘नेपालमा कृषि बीमा’सम्बन्धी पुस्तक बजारमा

काठमाडौं । नेपालमा कृषि बीमाको विकासबारे जानकारी मुलक ‘नेपालमा कृषि

नेपाल वायुसेवाका दुवै ट्वीनअटर विमान पुनः नियमित उडानमा

काठमाडौं । लामो समयदेखि ग्राउण्डेड अवस्थामा रहेका नेपाल वायुसेवा निगमका

मखन टोलमा लागेको आगो नियन्त्रणमा, कति भयो क्षति ?

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २४ स्थित मखन टोलमा

काठमाडौंको मखनटोलमा भिषण आगलागी, एक महिलाको मृत्यु

काठमाडौं । काठमाडौंको मखनटोलस्थित एक घरमा ग्यास लिक भएर आगलागी