२ असार २०८२, सोमबार । June 16, 2025

धितोपत्र व्यवसायीको कमिसन घट्यो



काठमाडौं । नेपाल धितोपत्र बोर्डले आजबाट लागू हुनेगरी धितोपत्र व्यवसायीको सेवाशूल्क (कमिसन) घटाएको छ ।

अर्थमन्त्रालयको स्वीकृतिपछि कमिसन घटाइएको बोर्डले जनाएको छ । “धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम ४३ बमोजिम अनुसूची १४ मा रहेको धितोपत्र दलाली वापत लिनसक्ने सेवा शूल्क हेरफेरका लागि स्वीकृति प्रदान भई आएकोमा उक्त हेरफेर २०८१ जेठ १ गतेदेखि लागु हुने निर्णय भएको छ”, बोर्डले भनेको छ ।

यसअघि रु ५० हजारसम्मको कारोबारमा शून्य दशमलव ४० प्रतिशत सेवा शूल्क लिन पाउने व्यवस्था रहेकोमा त्यसलाई घटाएर शून्य दशमलव ३६ प्रतिशत कायम गरिएको छ । त्यस्तै, रु ५० हजारदेखि रु पाँच करोडसम्मको कारोबारमा शून्य दशमलव ३७ प्रतिशत सेवा शूल्क रहेकोमा त्यसलाई घटाएर शून्य दशमलव ३३ प्रतिशत कायम गरिएको छ ।

बोर्डका अनुसार रु पाँच लाखदेखि रु २० लाखसम्मको कारोबारमा शून्य दशमलव ३४ प्रतिशत सेवा शूल्क लाग्दै आएको त्यसलाई शून्य दशमलव ३१ प्रतिशतमा झारिएको छ । रु २० लाखभन्दा माथि रु एक करोडसम्मको कारोबारमा शून्य दशमलव ३० प्रतिशत सेवा शूल्क लाग्दै आएकोमा त्यसलाई शून्य दशमलव २७ प्रतिशतमा झारिएको छ ।

त्यसैगरी, रु एक करोडभन्दा माथिको कारोबारमा शून्य दशमलव २७ प्रतिशत सेवा शूल्क लाग्दै आएकोमा शून्य दशमलव २४ प्रतिशतमा झारिएको धितोपत्र बोर्डले जनाएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  २ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

इरान–इजरायल युद्धः भिषण आक्रमण जारी, मृतक संख्या दुई सय ३८ पुग्यो

एजेन्सी । इरान र इजरायलबीच जारी सैन्य द्वन्द्वले गम्भीर रुप

पेट्रोल र डिजेलको मूल्य बढ्यो, कति पुग्यो लिटरमा ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा मूल्यमा फेरि

त्रिदेशीय टी-२० शृंखला: नेदरल्याण्ड्सविरुद्ध भिड्दै नेपाल

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो

फिफा क्लब विश्वकप: एट्लेटिकोमाथि पीएसजीको शानदार जित

काठमाडौं । फिफा क्लब विश्वकप अन्तर्गत समूह ‘बी’ को रोमाञ्चक

सोमबार अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्डको मूल्य बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको