२८ चैत्र २०८२, शनिबार । April 11, 2026

बैशाख ३१ गते सोमबार दिनभर के–के भयो ?

राई नेतृत्वको जसपा सरकारमा ! उपेन्द्र यादव सर्वोच्चमा ! तरुण दलको बैठकमा कुटाकुट ! संसद्मा बोल्न पाउनुपर्ने रविको माग ! वाम एकताको ढोका बन्द ! मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत…


३१ बैशाख २०८१, सोमबार  

246
Shares

पार्टी विभाजन विरुद्ध उपेन्द्र सर्वोच्चमा
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल विभाजन गरी गएका नेताहरुले गठन गरेको नयाँ पार्टी दर्ता गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । उनले सोमबार निर्वाचन आयोग र जसपा नेपाल छाडेर नयाँ दल गठनमा सहभागी भएका सांसदहरुलाई विपक्षी बनाएर रिट दायर गरेका हुन् । यादवले नयाँ दल दर्ता अवैधानिक रहेको भन्दै दल दर्ता गर्ने निर्वाचन अयोगको निर्णय बदर गर्न अन्तरिम आदेश माग पनि गरेका छन् ।

उपेन्द्रले छाडे प्रचण्डको साथ
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन् । संसदीय दलका नेता यादवले सोमबार प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गरेको पत्र सभामुख देवराज घिमिरेलाई बुझाएका हुन् । जसपा नेपालका मन्त्रीहरुले सोमबार बिहानै मन्त्रि पदबाट राजीनामा दिएका थिए ।

मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् । सोमबार प्रदेशसभा बैठकमा कार्कीले ५७ मत पाएका हुन् । कार्कीको विपक्षमा शून्य मत परेको छ भने ५ मत तटस्थमा परेको छ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले भने प्रदेशसभा बैठक बहिष्कार गरेको थियो । ९३ सदस्यीय प्रदेश सभामा आज ६२ सांसद उपस्थित रहेका थिए । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नियुक्ति असंवैधानिका तरिकाले भएको भन्दै कांग्रेसले विरोध गर्दै आएको छ ।

राई नेतृत्वको जसपा सरकारमा
जनता समाजवादी पार्टी (जसपा) बाट सरकारमा सहभागी भएका मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार जसपाबाट सरकारमा सहभागी भएका एक मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका हुन् । जसपाबाट मन्त्री बनेका प्रदीप यादवलाई राष्ट्रपति रामचन्द्र पौडेल र राज्यमन्त्री बनेकी हसिना खानलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ गराएका हुन् । यादवले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएका छन् भने खानले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी पाएकी छिन् ।

तरुण दलको बैठकमा कुटाकुट
नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलको केन्द्रीय समिति बैठकमा हानाहान भएको छ । सोमबार बत्तिसपुतलीको अनुपम फुड्ल्याण्डमा बसेको केन्द्रीय समिति बैठक अध्यक्ष विद्धान गुरुङ र सरोज न्यौपाने पक्षबिच कुटाकुट भएको हो । गुरुङ समूहका दिल लामालाई न्यौपानेले समूहका रोहित लामाले कुटपिट गरेको आरोप छ ।

तत्काल वाम एकताको ढोका बन्द
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले तत्काल कम्युनिस्ट पार्टीहरुबीच वाम एकता सम्भव नभएको निष्कर्ष निकालेका छन् । पार्टीको जारी पोलिटब्युरो तथा केन्द्रीय कमिटी बैठकमा प्रस्तुत ५७ पेजको राजनीतिक प्रतिवेदनमा अध्यक्ष नेपालले नयाँ पार्टी गठन भएयता गरेको प्रयासबाट एकताको सम्भावना नदेखिएको निष्कर्ष निकालेका हुन् ।

सदनमा जवाफ दिन पाउनुपर्ने गृहमन्त्रीको माग
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूमाथि लागेका आरोपबारे संसदमा बोल्न पाउनुपर्ने बताएका छन् । त्यसपछि मात्र संसदीय छानबिन समिति गठन गर्ने वा नगर्ने विषयमा छलफल गर्न सकिने उनले बताए । सहकारीको वचत अनियमिततामा गृहमन्त्री लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गर्दै आएको छ । भोलि १ जेठको (प्रतिनिधिसभा र राष्ट्रियसभाको) संयुक्त वैठकमा राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ७ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व