३ कार्तिक २०८३, मंगलबार । October 20, 2026

बझाङ उपनिर्वाचनः हेलिकप्टर मार्फत मतपेटिका संकलन गरिँदै


१६ बैशाख २०८१, आइतबार  

6
Shares

काठमाडौं । बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र १ मा अझै पनि मतपेटिका संकलनको काम सकिएको छैन् ।

उच्च हिमाली क्षेत्रका मतपेटिकाहरु अझैपनि सदरमुकाम चैतपुर ल्याउन नसक्दा मतगणना सुरु हुने समयको टुङ्गो नभएको हो । शनिबार भएको मतदानपछि केही स्थानको मतपेटिका सङ्कलन हुन बाँकी रहेको प्रहरीले जनाएको छ । चीनको तिब्बतसँग जोडिएको उच्च हिमाली क्षेत्र साइपाल गाउँपालिकास्थित याकुरी डाँडा, यारङकुरिङ, धुली र काँडाको मतपेटिका आउन बाँकी रहेको बताइएको छ ।

त्यसठाउँका मतपेटिकाहरु सेनाको हेलिकप्टर बाटा संकलन गर्ने तयारी गरिएको छ । बझाङमा भएको उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत मत अर्थात ३० हजार ३२८ मत खसेको थियो । ६१ हजार ७४८ मतदाता रहेकोमा ३० हजार ३२८ जनाले मतदान गरेका हुन् ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ९ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि