५ चैत्र २०८२, बिहिबार । March 19, 2026

बझाङ उपनिर्वाचनः हेलिकप्टर मार्फत मतपेटिका संकलन गरिँदै


१६ बैशाख २०८१, आइतबार  

6
Shares

काठमाडौं । बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र १ मा अझै पनि मतपेटिका संकलनको काम सकिएको छैन् ।

उच्च हिमाली क्षेत्रका मतपेटिकाहरु अझैपनि सदरमुकाम चैतपुर ल्याउन नसक्दा मतगणना सुरु हुने समयको टुङ्गो नभएको हो । शनिबार भएको मतदानपछि केही स्थानको मतपेटिका सङ्कलन हुन बाँकी रहेको प्रहरीले जनाएको छ । चीनको तिब्बतसँग जोडिएको उच्च हिमाली क्षेत्र साइपाल गाउँपालिकास्थित याकुरी डाँडा, यारङकुरिङ, धुली र काँडाको मतपेटिका आउन बाँकी रहेको बताइएको छ ।

त्यसठाउँका मतपेटिकाहरु सेनाको हेलिकप्टर बाटा संकलन गर्ने तयारी गरिएको छ । बझाङमा भएको उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत मत अर्थात ३० हजार ३२८ मत खसेको थियो । ६१ हजार ७४८ मतदाता रहेकोमा ३० हजार ३२८ जनाले मतदान गरेका हुन् ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ९ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा