१७ बैशाख २०८३, बिहिबार । April 30, 2026

वैशाख १३ गते बिहीबार दिनभर के–के भयो ?

आलमलाई जन्मकैद ! टोपबहादुरलाई थुनामै राख्न आदेश ! छुटे कांग्रेस नेता शेर्पा ! सेना परिचालन गर्न स्वीकृत ! सहकारी पीडितलाई न्यायको नयाँ मार्ग ! गठबन्धन धरापमा …


१३ बैशाख २०८१, बिहिबार  

243
Shares

१.पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको फैसला
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको फैसला भएको छ । रौतहटमा बम विष्फोटका घाइतेलाई ज्यूँदै इट्टभट्टामा जलाएको आरोप लागेका कांग्रेस नेता आलमलाई रौतहट जिल्ला अदालतले २० बर्ष कैदको फैसला सुनाएको हो । न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले उनलाई विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरमा दोषी ठहर गरेको हो ।

२.नक्कली भुटानी शरणार्थी प्रकरणः छुटे कांग्रेस नेता शेर्पा
नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वसाँसद एवं नेपाली कांग्रेसका नेता आङटावा शेर्पालाई ३० लाख धरौटीमा छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले शेर्पालाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनको आदेश बदर गरेको हो । यस्तै उच्चले थुनामा पठाएका गोबिन्दकुमार चौधरीलाई पनि सर्वोच्चले धरौटीमा छाड्न आदेश दिएको छ ।

३.टोपबहादुरलाई धरौटीमा छाड्न सर्वोच्चको अस्वीकार
नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेको एमाले नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश दिएको हो ।

४.उपनिर्वाचन सुरक्षामा कडाई
वैशाख १५ मा इलाम र बझाङमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वचनमा प्रहरीले ३ चरणको सुरक्षा योजना बनाएर लागू गरेको छ । निर्वाचन पूर्व, निर्वाचन अवधि र निर्वाचन पश्चात गरि ३ चरणको सुरक्षा योजना लागू गरिएको प्रहरीले जनाएको छ । जसमा इलाम–२ मा १ हजार ३ सय ६३ र बझाङमा १ हजार २४ जना प्रहरी परिचालन गरिने प्रहरीले जनाएको छ ।

५.सेना परिचालनको तयारी
इलाम–२ र बझाङमा हुन लागेको उपनिर्वाचनका लागि सेना परिचालन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति दिएका छन् । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउनका लागि राष्ट्रिय सुरक्षा परिषद्को सिफरिस र मन्त्रिपरिषद्को निर्णयका आधारमा राष्ट्रपति पौडेलले बिहीबार सेना परिचालनको स्वीकृति दिएका हुन् ।

६.सहकारी पीडितलाई न्याय दिने नयाँ मार्ग
सरकारले विद्यमान कानून र संरचनाबाट सहकारीको समस्या समाधान गर्न सम्भव नभएको निष्कर्ष निकालेको छ । सहकारी पीडितको समस्या सम्बोधन गर्न फास्ट ट्रर्याकबाट कानुन बनाउने सरकारको तयारी छ । बिहीबार बसेको मन्त्रिपरिषद्का् बैठकमा सहकारीको समस्याबारे भएको छलफलमा नियमित प्रक्रियाबाट समस्या समाधान नहुने र त्यसका लागि छुट्टै कानुन आवश्यक पर्ने निष्कर्ष सरकारले निकालेको थियो ।

७.मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । बिहीबार बसेको प्रदेशसभाको बैठकमा कँडेलको पक्षमा २३ मत परेको थियो । कुल ४० सदस्य रहेको कर्णाली प्रदेशसभामा आजको बैठकमा ३६ सांसद उपस्थित रहेका थिए । जसमध्ये विश्वासको मतको पक्षमा २३, विपक्षमा १२ र १ मत तटस्थमा परेको थियो ।

८.अर्थमन्त्री पुनको सक्रियता
अर्थमन्त्री बर्षमान पुनले आगमी आर्थिक बर्ष २०८१÷८२ को बजेटमा समेट्नु पर्ने बिषयबारे अर्थविद्हरुसँग राय लिएका छन् । बिहीबार अर्थ मन्त्रालयमा आयोजित छलफलमा अर्थमन्त्री पुनले निजी क्षेत्रलाई उत्साहित बनाउन केही ‘बोल्ड’ निर्णय गर्नुपर्ने अवस्था आएको पनि बताए । सरकारी स्रोतमा भएको सीमितताका कारण सरकारले कडाइ गर्नुपर्ने र निजी क्षेत्रले खुकुलो वातावरण चाहेका कारण सन्तुलन मिलाउनुपर्ने चुनौती रहेको अर्थमन्त्री पुनको भनाइ छ ।

९.कोशीका मुख्यमन्त्री कार्कीलाई संकट
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसँग प्रदेशसभामा बहुमत नरहेको जानकारीसहितको पत्र प्रदेश प्रमुखको कार्यालयमा पुगेको छ । ७ बैशाखमा कोशी प्रदेशसभा बैठकले मुख्यमन्त्री कार्कीलाई प्रदेशसभामा विश्वासको मत लिन निर्देशन दिने संकल्प प्रस्ताव पारित गरेको थियो । उक्त संकल्प प्रस्ताव पारित भएको जानकारी प्रदेशसभा सचिवालयले प्रदेश प्रमुखको कार्यालयमा पाठाएको छ ।

१०.बर्तमान सत्ता गठबन्धनमा खटपट सुरु
नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृकाप्रसाद यादवले सत्ता समीकरण रहने वा नरहने बिषय एमाले अध्यक्ष केपी ओलीमा भर पर्ने बताएका छन् । वर्तमान सरकार ढाल्न कांग्रेस र एमालेबीच पहिलेदेखि नै कसरत भएपनि सफल नहुने उनको दाबी थियो । साथै नयाँ समीकरण बनाउने बेला संघको मात्र हिसाब किताब भएकाले समस्या आएको उनको बुझाइ छ । समीकरण भत्काउनुअघि सबै प्रदेशको हिसाब गरेको भए समस्या नआउने समेत उनले जिकिर गरेका छन् ।

११.कांग्रेस नेता पौडेलको जोड
नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले रुसी सेनामा भर्ना भएका नेपालीको अवस्थाबारे परराष्ट्र मन्त्रालयले समितिमा जवाफ दिनुपर्ने माग गरेका छन् । मन्त्रालयले सबै नेपालीलाई स्वदेश ल्याउनुपर्नेमा जोड दिँदै नेता पौडेलले त्यहाँ मारिएका तथा सम्पर्कविहीन भएकाको तथ्याङ्क परराष्ट्र मन्त्रालयले उपलब्ध गराउनुपर्नेमा अडान कसेका छन् । बुधबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा ध्यानाकर्षण पत्र दायर गर्दै उनले रुसी सेनामा भर्ना भएका, त्यहाँ ज्यान गुमाएका तथा परिवारको सम्पर्कमा नआएका नेपालीको यकिन तथ्याङ्क उपलब्ध गराउन समितिको ध्यानाकर्षण गराएका हुन् ।

१२.वैदेशिक रोजगारमा जाने श्रमिकको पक्षमा निर्णय
वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूको हवाई भाडा तथा सुविधाको उचित व्यवस्थापन गर्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण, वैदेशिक रोजगार व्यवसायी महासंघ र नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभललाई आग्रह गरेको छ । विभागले बुधबार पत्राचार गरी हवाई टिकटमा नै खाना, खाजा तथा पानीको सुविधा हुने गरी उचित मूल्यको व्यवस्थापन गर्न आग्रह गरेको हो ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहिबार  ७ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको

सेरी–पान्तडी सडकखण्डमा राजनीतिः शक्तिको आडमा रुट नै परिवर्तन

सुर्खेत । कर्णाली प्रदेशको अति महत्वको ‘सुर्खेत–जुम्ला’ सडकको निर्माण कालिकोट

दशैं–तिहार लक्षित युरोनेपाल ट्राभलको सस्तो हवाई टिकट अफर सार्वजनिक, यात्रुलाई विशेष सुविधा

काठमाडाैँ । युरोपमा रोजगारी तथा बसोबास गर्दै आएका नेपालीहरूलाई लक्षित