१ श्रावण २०८२, बुधबार । July 16, 2025

घट्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो



काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से १९६९ अंकमा झरेको छ ।

अघिल्लो दिनको तुलनामा १५.४१ अंक घटेको हो । दिनभर कुल २ अर्ब ५ करोडको कारोबार भयो । हिजो २ अर्ब २६ करोडको कारोबार भएको थियो । ४९ कम्पनीको मूल्य बढ्दा १८६ को घट्यो भने १० को स्थिर रह्यो । फाइनान्स समूहको सूचक सबैभन्दा धेरै २.१ प्रतिशत घट्यो । बैंकिङ ६, विकास बैंक ३७, फाइनान्स ४१, होटल तथा पर्यटन १७, हाइड्रोपावर २२, जीवन बीमा ८०, उत्पादन ७९, माइक्रोफाइनान्स ३८, निर्जीवन बीमा ५६, अन्य ८ र ब्यापार समूह १२ अंक घटे ।

पिपुल्स पावरको मूल्य सबैभन्दा धेरै ६.९ प्रतिशत बढ्यो । मानुसी लघुवित्तको ४.२, विन नेपाल लघुवित्तको ४.२ तथा हिमालयन हाइड्रोपावरको मूल्य ३ प्रतिशत बढ्यो । दोल्ती पावरको मूल्य सबैभन्दा धेरै ७.३ प्रतिशत घट्यो ।

एनआईसी एसिया लघुवित्तको ७.२, हिमालयन लघुवित्तको ४.७, मोलुङ हाइड्रोपावरको ४.२, सिर्जनशील लघुवित्तको ४.२ तथा गोर्खाज फाइनान्सको ४.१ प्रतिशत मूल्य घट्यो ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ५ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आर्थिक वर्षको अन्तिम दिन नेप्सेमा हरियाली, कारोबारमा चार महिनायताकै उच्च बृद्धि

काठमाडौं । चालु आर्थिक वर्षको अन्तिम कारोबार दिन मंगलबार नेप्से

सुन १ हजार ३०० र चाँदी १५ रुपैयाँले सस्तियो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ।

चितवनको सिमलतालमा ट्रक दुर्घटना, चालक र सहचालक सामान्य घाइते

चितवन । चितवनको भरतपुर–२९ सिमलतालबाट एक भारतीय नम्बर प्लेटको मिनी

आजको विनिमयदरः घट्यो अमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङ पनि घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, युरो

आजको मौसमः केही क्षेत्रमा भारी बर्षा र बाढीको जोखिम

काठमाडौं । देशभर अहिले सक्रिय रहेको मनसुनी प्रणालीका कारण अधिकांश