४ असार २०८३, बिहिबार । June 18, 2026

आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो


९ बैशाख २०८१, आइतबार  

6
Shares

काठमाडौं । आइतबार सेयर बजार नेप्से परिसूचक दोहोरो अंकमा बढेको छ ।

अघिल्लो कारोबार दिनको तुलनामा १२.२९ अंकले नेप्से बढेको हो । सो वृद्धिपछि नेप्से १९८४ अंकमा कायम भएको छ । कुल २ अर्ब २६ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भयो । कुल १७६ कम्पनीको मूल्य बढ्दा ६३ को घट्यो भने ६ को स्थिर रह्यो । समग्र बजार बढ्दा बैंकिङ समूहको सूचक भने ३.५६ अंक घट्यो ।

बैंकहरुले शुक्रबार सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय रिपोर्ट लगानीका हिसावले कमजोर देखिएपछि सो समूहको सूचक आइतबार रातो रह्यो । विकास बैंक ४१, फाइनान्स १०, होटल तथा पर्यटन १५, हाइड्रोपावर २७, जीवन बीमा ४१, उत्पादन १२३, माइक्रोफाइनान्स ३१, निर्जीवन बीमा ९६, अन्य १५ र ब्यापार समूह ५ अंक बढे । दोल्ती पावरको ९.८ प्रतिशत मूल्य बढ्यो । एनआईसी एसिया लघुवित्तको ८.४, रुरु हाइड्रोपावरको ८.१, अपरहेवाखोलाको ७.२, सर्वोत्तम सिमेन्टको ६.५ प्रतिशत मूल्य बढ्यो ।

पिपुल्स पावरको ७.४, खानीखोला हाइड्रोको ५.४, सूर्यज्योति लाइफ इन्स्योरेन्सको ४.९, गुराँस लघुवित्तको ४.६ र गोर्खाज फाइनान्सको मूल्य ४ प्रतिशत घट्यो ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ३ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा