२ चैत्र २०८२, सोमबार । March 17, 2026

एसीसी प्रिमियर कपः टस जितेर पहिले बलिङ गर्दै नेपाल


३ बैशाख २०८१, सोमबार  

6
Shares

काठमाडौं । एसिसी पुरुष प्रिमियर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत हङकङविरुद्धको खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने भएको छ ।

ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा सुरु खेलमा नेपाली टोलीका कप्तान रोहितकुमार पोडेलले टस जितेर हङकङलाई पहिले ब्याटिङको निम्तो दिए । वर्षाले प्रभावित भएपछि नेपाल र हङकङबीचको खेलको ओभरसमेत घटाइएको छ । निर्धारित २० ओभरको खेललाई १८ ओभरमा घटाएको हो ।

यसअघि नेपाली समयअनुसार ११ः४५ बजेदेखि सुरुआत हुने भनिएको उक्त खेल वर्षाले प्रभावित बनेको थियो । उक्त प्रतियोगितामा नेपाल लगातार तेस्रो जितको खोजिमा छ । यसअघि खेलेका दुवै खेलमा नेपाल विजयी भएको थियो । नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो ।

यस खेलमा हङकङलाई हराउन सके नेपाल एक खेल अगावै समूह ‘ए’बाट प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछ । हङकङ भने दोस्रो जितको खोजीमा छ । यसअघि खेलेको दुई खेलमध्ये हङकङले एक खेलमा जित तथा एक खेलमा हार बेहोरेको छ ।

हङकङले पहिलो खेलमा कतारलाई २६ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा साउदी अरेबियासँग ५५ रनले पराजित भएको थियो ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  १ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по