२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

सुदूरपश्चिम प्रदेशः नउपा विवादले सरकार गठनमा किचलो



धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का कैलाश चौधरी र लक्ष्मणकिशोर चौधरीले दाबी पेश गरेका छन् ।

नेपाली कांग्रेस, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्ष र एकीकृत समाजवादी पार्टीको समर्थनमा लक्ष्मणकिशोर चौधरीले पहिला प्रदेशप्रमुख समक्ष आफ्नो दावी पेश गरेका थिए । लक्ष्मणले आइतबार दिउँसो प्रदेश प्रमुख नजीर मियाँलाई कांग्रेसका १८, नाउपाका ६ र एकीकृत समाजवादीका ४ जनाको समर्थन रहेको दाबीसहित मुख्यमन्त्री नियुक्ति गर्न पत्र दिएका थिए ।

यता, कैलाशले भने नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षको समर्थन लिएर मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । कैलाशलाई एमालेका १० र माओवादीका ११ प्रदेशसभा सदस्यको समर्थन रहेको छ । यसरी एउटै पार्टीबाट दुई जनाले मुख्यमन्त्रीमा दाबी पेश गरेपछि कसलाई मुख्यमन्त्री नियुक्त गर्ने भन्ने बिषयमा प्रमुख प्रमुख मियाँ यतिबेला कानूनी परामर्शमा रहेका छन् ।

उनले दुवै पक्षबाट मुख्यमन्त्रीमा दाबी पेश गरेकाले आफुँले कानूनी परामर्शपछि मात्रै निर्णय गर्ने जवाफ दिएका छन् ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ६ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको