५ चैत्र २०८२, बिहिबार । March 19, 2026

सुदूरपश्चिम प्रदेशः नउपा विवादले सरकार गठनमा किचलो


२ बैशाख २०८१, आइतबार  

6
Shares

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का कैलाश चौधरी र लक्ष्मणकिशोर चौधरीले दाबी पेश गरेका छन् ।

नेपाली कांग्रेस, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्ष र एकीकृत समाजवादी पार्टीको समर्थनमा लक्ष्मणकिशोर चौधरीले पहिला प्रदेशप्रमुख समक्ष आफ्नो दावी पेश गरेका थिए । लक्ष्मणले आइतबार दिउँसो प्रदेश प्रमुख नजीर मियाँलाई कांग्रेसका १८, नाउपाका ६ र एकीकृत समाजवादीका ४ जनाको समर्थन रहेको दाबीसहित मुख्यमन्त्री नियुक्ति गर्न पत्र दिएका थिए ।

यता, कैलाशले भने नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षको समर्थन लिएर मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । कैलाशलाई एमालेका १० र माओवादीका ११ प्रदेशसभा सदस्यको समर्थन रहेको छ । यसरी एउटै पार्टीबाट दुई जनाले मुख्यमन्त्रीमा दाबी पेश गरेपछि कसलाई मुख्यमन्त्री नियुक्त गर्ने भन्ने बिषयमा प्रमुख प्रमुख मियाँ यतिबेला कानूनी परामर्शमा रहेका छन् ।

उनले दुवै पक्षबाट मुख्यमन्त्रीमा दाबी पेश गरेकाले आफुँले कानूनी परामर्शपछि मात्रै निर्णय गर्ने जवाफ दिएका छन् ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ६ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा