१७ बैशाख २०८३, बिहिबार । April 30, 2026

चैत्र २७ गते मंगलबार दिनभर के–के भयो ?

गण्डकीमा संवैधानिक संकट ! नेपालको टोली घोषणा ! संसदमा हंगामा ! रविलाई चौतर्फी घेराबन्दी ! कर्णालीमा नयाँ सरकार गठन…


२७ चैत्र २०८०, मंगलबार  

201
Shares

१. कर्णालीको मुख्यमन्त्रीमा एमालेका यामलाल कँडेल
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन् । प्रदेश प्रमुख तिलक परियारले उनलाई मंगलबार बेलुका मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कँडेलले गठबन्धनमा रहेका नेकपा एमालेका ९, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका १ सहित २३ प्रदेश सभा सदस्यको हस्ताक्षरसहित आफूलाई मुख्यमन्त्री बनाउन दाबी पेश गरेका थिए ।

२.गण्डकीमा संवैधानिक संकट
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति बदर गर्न माग गर्दै नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डेले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । पाण्डेले मुख्यमन्त्री अधिकारीको नियुक्ति असंवैधानिक भएको भन्दै उक्त नियुक्ति बदर गरी आफूलाई मुख्यमन्त्री पदमै निरन्तरताका लागि अन्तरिम आदेशसहितको परमादेश जारी गर्न माग गरेका छन् । सभामुख कृष्ण धितालकोसमेत संलग्नतामा प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई मुख्यमन्त्री नियुक्त गर्नु असंवैधानिक भएको भन्दै निवर्तमान मुख्यमन्त्री पाण्डेले मंगलबार सर्वोच्चमा रिट हालेका हुन् ।

३. संसदमा हंगामा
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभा बैठक बुधबार सम्मका लागि स्थगित भएको छ । मंगलबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद् अवरोध गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए । त्यसपछि उनले दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए । प्रमुख सचेतकसँग बिहान बसेको बैठक र संसद् बैठक स्थगित गरेर बसेको दुवै बैठकमा सहमति नजुटेपछि बुधबारसम्मका लागि बैठक स्थगित गरिएको हो ।

४. गृहमन्त्रीको पछि राप्रपा पनि…
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले आफुहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै बरु मर्न तयार हुने तर आन्दोलनबाट पछि नहट्ने बताएका छन् । उनले मंगलबारको आन्दोलन टेष्ट मात्रै भएको र यो भन्दा ठुलो आन्दोलन हुने चेतावनी समेत उनले दिएका छन् । निषेधित क्षेत्र तोड्न खोजेको भन्दै प्रहरीले भद्रकाली नजिक रोकेपछि अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् । साथै शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै उनले गृहमन्त्री रवि लामिछानेको राजीनामा समेत माग गरेका छन् ।

५. नेपाली टोली घोषणा
आगामी अप्रिल १२ देखि २१ सम्म ओमानमा हुने एसीसी प्रिमियर कपको लागि नेपाली टोली घोषणा भएको छ । एसिसी क्रिकेट काउन्सिल (एसिसी) ले अन्तिम १४ सदस्य टोली सार्वजनिक गरेको छ । नेपाली टोलीमा कप्तान रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि.सी र अभिनाश बोहरा रहेका छन् ।

६.सवारी दुर्घटनामा ७ नेपालीको मृत्यु
सोमबार राति भारतको नैनीताल जिल्लाको बेतालघाटमा भएको सवारी दुर्घटनामा परी ७ जना नेपालीसहित सवारी चालक भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा विश्राम चौधरी, धिरज चौधरी, अन्तराम चौधरी, विनोद चौधरी, तिलक चौधरी, उदयराम चौधरी र गोपाल बस्नेत छन् । मृतकको साथमा फेला परेको कागजातको आधारमा उनीहरु नेपालको साविक भेरी अञ्चल बबइका भएको बेतालघाट पुलिस थानाले जनाएको छ । घटनास्थल वरपर नेपालीहरु सडक छेउमा पाइप बिछ्याउने काम गर्दथे ।

७.राष्ट्रियसभा उपाध्यक्षमा घिमिरे र पुडासैनीको भिडन्त
राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को तर्फबाट बिमला घिमिरे र नेपाली कांग्रेसको तर्फबाट विष्णुदेवी पुडासैनीको उम्मेदवारी दर्ता भएको छ । घिमिरेको प्रस्तावकमा सांसद भगवती न्यौपाने र समर्थकमा सांसद गोपीबहादुर सार्की अछामी रहेका छन् । यस्तै, पुडासैनीको प्रस्तावकमा सांसद दुर्गा गुरुङ र समर्थकमा सांसद नारायणदत्त भट्ट रहेका छन् । उपाध्यक्षको निर्वाचन बुधबार हुँदैछ ।

८. उपनिर्वाचन हुने क्षेत्रमा ३ दिन विद्यालय बन्द
उपनिर्वाचन हुने इलाम–२ र बझाङ १ मा केहि दिन विद्यालय बन्द हुने भएको छ । निर्वाचन आयोगको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले मतदान स्थल तथा केन्द्र विद्यालयलाई बनाउने निर्णय गरेको छ । यसका लागि बैशाख १३ र १४ गते दुई दिन विद्यालयमा सार्वजनिक बिदा दिन सरकारलाई आग्रह गरेको छ । निर्वाचन हुने क्षेत्रमा मतदानको दिन पनि बिदा हुनेछ । त्यसैले इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेश सभा १ मा ३ दिन विद्यालय बन्द हुनेछ ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ७ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको

सेरी–पान्तडी सडकखण्डमा राजनीतिः शक्तिको आडमा रुट नै परिवर्तन

सुर्खेत । कर्णाली प्रदेशको अति महत्वको ‘सुर्खेत–जुम्ला’ सडकको निर्माण कालिकोट

दशैं–तिहार लक्षित युरोनेपाल ट्राभलको सस्तो हवाई टिकट अफर सार्वजनिक, यात्रुलाई विशेष सुविधा

काठमाडाैँ । युरोपमा रोजगारी तथा बसोबास गर्दै आएका नेपालीहरूलाई लक्षित

सङ्गीतमार्फत विश्व शान्तिको सन्देश ! “म्यूजिक फर पीस” कार्यक्रम भव्य रुपमा सम्पन्न

काठमाडौं । विश्वभर शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ ‘जर्नलिस्ट

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक