९ जेष्ठ २०८२, बिहिबार । May 22, 2025

मंगलबार नेप्से परिसूचकमा सामान्य अङ्कको बृद्धि



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि भएको छ ।

नेप्से परिसूचक नौ दशमलव १९ अङ्कले बढेर दुई हजार ३६ दशमलव ०१ को बिन्दुमा कायम हुँदा रु चार अर्बभन्दा बढीको कारोबार भएको छ । आज तीन सय १५ कम्पनीको ९७ लाख ८९ हजार चार सय १६ कित्ता शेयर ७२ हजार दुई सय ६१ पटक खरिदबिक्री हुँदा रु चार अर्ब १४ करोड ३७ लाख ८३ हजार नौ सय ८९ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज होटल तथा पर्यटन समूह शून्य दशमलव ६८, उत्पादन तथा प्रशोधन समूह एक दशमलव ४६ र लघुवित्त समूह एक दशमलव १४ प्रतिशतले घटेका छन् भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै वित्त समूह दुई दशमलव ७९ र अन्य समूह दुई दशमलव ४२ प्रतिशतले बढेको छ । त्यसैगरी, बैंकिङ शून्य दशमलव ३२, विकास बैंक शून्य दशमलव ६७, जलविद्युत् शून्य दशमलव ७६, लगानी शून्य दशमलव ६९, जीवन बीमा शून्य दशमलव ४९, म्युचअल फन्ड शून्य दशमलव ५०, निर्जीवन बीमा एक र व्यापार समूह शून्य दशमलव ४० प्रतिशतले बढेको छ ।

जानकी फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने नेपाल फाइनान्स लिमिटेड र पोखरा फाइनान्स लिमिटेडको शेयर मूल्य समान नौ दशमलव ९९ प्रतिशतले बढेको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको रु १८ करोड आठ लाख १० हजार नौ सय २० बराबरको तीन लाख ६१ हजार कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ३ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तोलामा ५ हजारले बढ्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको

कृषिमा डिजिटल हस्तक्षेपः ‘कनेक्ट किसान’ एपमार्फत प्रविधिको सहारामा समाधानको यात्रा

काठमाडौं । कृषिमा आधुनिकीकरण र प्रविधिको समावेशका बारेमा लामो समयदेखि

राष्ट्र बैंकले पायो नयाँ नेतृत्वः विश्व पौडेल बने १८ औँ गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नरका रूपमा विश्व

नेप्सेमा उत्साहजनक वृद्धि, कारोबार रकम भने घट्यो

काठमाडौं । शेयर बजार आज उल्लेखनीय रूपमा उकालो लागेको छ।

भीमफेदीको छैसठ्ठी मोडमा विङ्गर दुर्घटना : १४ जना घाइते, ३ को अवस्था गम्भीर

मकवानपुर । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–९ स्थित त्रिभुवन राजपथको छैसठ्ठी