४ असार २०८३, बिहिबार । June 18, 2026

उपनिर्वाचनः उम्मेदवारको अन्तिम नामावली प्रकाशन, चुनाव चिह्न प्रदान हुँदै


२७ चैत्र २०८०, मंगलबार  

6
Shares

इलाम । आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र नं २ को उपनिर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरण गरिँदैछ ।

“आज उम्मेदवारले नाम फिर्ता लिने समय बिहान नौदेखि एक बजेसम्मलाई तोकिएको छ । एकदेखि तीन बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ भने उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने समय तीनदेखि चार बजेसम्मलाई तोकिएको छ”, निर्वाचन कार्यालय इलामका प्रमुख केशवप्रसाद घिमिरेले बताए । कार्यतालिकाअनुसार चैत २८ देखि वैशाख १२ सम्म प्रचारप्रसारका लागि समय तोकिएको छ भने वैशाख १५ बिहान सातदेखि साँझ पाँच बजेसम्म मतदानको लागि समय तोकिएको छ । उपनिर्वाचनका लागि २० उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

बाह्र दल र आठ स्वतन्त्र उम्मेदवारले उम्मेदवारी मनोनयन गराएको आयोगले जनाएको छ । यो उपनिर्वाचनमा महिला उम्मेदवारको सङ्ख्या शून्य छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टीले साझा उम्मेदवारका रूपमा एमालेका सुहाङ नेम्वाङलाई मैदानमा ल्याएका छन् । नेपाली कांग्रेसबाट डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मिलनकुमार लिम्बू तथा पहिचान पक्षधरतर्फबाट डकेन्द्रसिंह थेगिमले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

जनमत पार्टीका प्रेमबहादुर लिम्बू, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मङ्गोल नेसनल अर्गनाइजेसनका मनीबहादुर लिम्बू, नेसनल रिपब्लिक नेपालका धनराज रानामगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बाट जितबहादुर राई उम्मेदवार बनेका छन् ।

राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्तविक्रम साह, राप्रपा नेपालका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपालीले उम्मेदवारी दर्ता गराए । स्वतन्त्रबाट डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार साही, केशवकुमार चापागाईँ, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्यालले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा निधन भएपछि रिक्त भएको उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ११ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा