६ चैत्र २०८२, शुक्रबार । March 21, 2026

मेडिकल टुरिजमको सम्भावना बोकेको झापा



नेपालको सुदूरपूर्वमा अवस्थित झापा जिल्ला, मेडिकल फिल्डमा फड्को मार्ने क्रममा छ ।

हालसालै सम्मानीय सर्वोच्च अदालतको आदेशबाट विर्तामोड को वी एण्ड सी मेडिकल कलेजले सम्बन्धन पाउने बाटो खोलेको छ । यसले अब भारतीय मेडिकल विद्यार्थीलाई नेपालको पूर्व क्षेत्रमा आकर्षित गर्ने छ । अस्पतालको कमाई मात्र नभएर स्थानिय होटल, रेष्टुरेन्ट लगायतमा पनि मनग्य रुपले रोजगारी तथा आयस्रोत बढ्ने देखिन्छ ।

यसको साथसाथै पूर्वञ्चल क्यान्सर अस्पताल पूर्वका क्यान्सर विरामी को सेवामा समर्पित छ । यहाँ भारतको सिमावर्ती क्षेत्र लगायत सिक्किमबाट पनि क्यान्सर रोगको उपचार गराउन आउने गर्दछन् । अर्को छ मेचि आँखा अस्पताल। यस अस्पतालमा भारतको पश्चिम बङ्गाल बाट थुप्रै विरामी आउने गर्छन ।

अस्पतालमा अंग्रेजीका साथसाथै बंगाली भाषा समेत प्रयोग गरिएको देख्न सकिन्छ । वरपरका मेडिकल पसल, होटलहरुमा बंगाली लिपी प्रष्टसँग अधिक मात्रामा प्रयोग भएको देख्न सकिन्छ । यसका अलावा अरु अस्पतालहरुले पनि झापा को विर्तामोड, दमक लगायत अन्य क्षेत्रमा सेवा दिइराखेको देख्न सकिन्छ ।

यहाँ अवस्थित अस्पताललाई व्यवस्थित गर्दै सरकार तथा नीजि क्षेत्रले त्यही अनुसारको व्यवस्थापन तथा भारतमा प्रचार प्रसार गरेको खण्डमा नेपालमा भारु भित्रने निश्चित देखिन्छ । मेडिकल व्यवसायीको मात्र नभएर साना तथा ठुला व्यापारिको समेत चुलो बल्ने पक्का छ । यहाँ नभएका अरु सेवा पनि थप्दै त्यही अनुसारका विशेषज्ञ तथा स्वास्थ्य कर्मचारीको दरवन्दी सिर्जना गरेमा सिंगो जिल्ला लाई टेवा पुग्ने देखिन्छ ।

झापालाई अब मेडिकल हब को नयाँ परिचय बनाउनु पर्दछ…

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  १० : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो