२० श्रावण २०८३, बुधबार । August 6, 2026

प्रहरी वरिष्ठ नायब निरीक्षक भण्डारीको उपन्यास ‘दृष्टिपथ’ विमोचन


२५ चैत्र २०८०, आइतबार  

69
Shares

काठमाडौं – प्रहरी वरिष्ठ नायब निरीक्षक एवं उपन्यासकार गोपीराम भण्डारीको उपन्यास ‘दृष्टिपथ’ विमोचन गरिएको छ।

मुक्तिनाथ दर्शन साहित्य समाजले आयोजना गरेको कार्यक्रममा उपन्यासकार भण्डारीद्वारा लिखित उपन्यास ‘दृष्टिपथ’को विमोचन गरिएको हो। उक्त कृतिको नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी)द्वय टेकप्रसाद राई, टेकबहादुर तामाङ, मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष प्रा डा खगेन्द्रप्रसाद लुइँटेल, नेपाल सरकारका पूर्वसचिव एवं समालोचक गोपीनाथ मैनालीलगायतले विमोचन गरे। कार्यक्रममा एआइजी राईले समाज रुपान्तरणमा नागरिक र प्रहरीबीचको सहकार्य महत्त्वपूर्ण रहेको उल्लेख गरे।

उनले प्रहरीको व्यस्त सेवामा रहेर पनि आफ्नो साहित्यिक अभियानलाई अगाडि बढाएको भन्दै लेखकप्रति शुभकामना दिए। सामाजिक कामसँगै साहित्य कृति प्रकाशन गर्नु सराहनीय कार्य भएको उनको भनाइ थियो। उनले प्रतिभावान कर्मचारीलाई अगाडि बढाउन नेपाल प्रहरीले काम गरिरहेको उल्लेख गरे।

एआइजी राईले नेपाल प्रहरीले आफ्नो पत्रिकामार्फत साहित्यिक कृतिलाई अगाडि बढाउँदै लगेको स्पष्ट पारे। मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष प्रा डा लुइँटेलले उपन्यास सानो भए पनि उक्त उपन्यासभित्र धेरै विषयवस्तु भएको बताए। “युगीन विकृति, विसङ्गतिको यथार्थ चित्रण गरेको उक्त उपन्यास सामाजिक उपन्यास हो”, उनले भने। सरल भाषाशैलीमा लेखिएको उक्त कृति पछिल्लो समयको उत्कृष्ट कृति भएको उनको भनाइ छ।

नेपाल सरकारका पूर्वसचिव एवं वरिष्ठ समालोचक मैनालीले उपन्यासले नेपाली जीवनशैली, ग्रामीण परिवेशलाई उजागर गरेको बताउनुभयो। उनले उपन्यासभित्र भाषाशैली केही नमिले पनि उक्त कृति पठनीय रहेको उल्लेख गरे। समालोचक मैनालीले उपन्यासलाई चलचित्र बनाउन सकिने बताए।

वरिष्ठ समालोचक एवं लघु कथाकार युवराज मैनालीले ‘दृष्टिपथ’ सामाजिक रुपान्तरणका लागि लेखिएको उपन्यास भएको बताए। उनले लेखकमा साहित्यप्रति अथाह भविष्य रहेको उल्लेख गरे। मुक्तिनाथ दर्शन साहित्य समाज नेपालका अध्यक्ष कलानिधि दाहाल, समाजका संरक्षकद्वय हरिभक्त सिग्देल र प्रा डा अर्जुनदेव भट्ट, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक ९डिआइजी० भीमप्रसाद ढकाल, वरिष्ठ पत्रकार विजय चालिसे, साझा प्रकाशनका महाप्रबन्धक भेषराज घिमिरे, सुरभी साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेललगायतले लेखक भण्डारीको कृतिले नेपाली साहित्यमा थप इँटा थपिएको बताउँदै आगामी दिनमा नयाँ कृति लेख्न आग्रह गरेका थिए।

उपन्यासका लेखक एवं प्रहरी वरिष्ठ नायब निरीक्षक भण्डारीले स्कुल पढ्दादेखि नै आफूलाई साहित्य क्षेत्रमा रुचि जागेकाले साहित्य क्षेत्रलाई अगाडि बढाएको बताए। उनले आगामी दिनमा पनि नेपाली साहित्य क्षेत्रलाई अगाडि बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ६ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध