१ बैशाख २०८२, सोमबार । April 14, 2025

नेपालमा पहिलो पटक सस्तो  BLACKVIEW को ट्याब १८ सार्वजनिक, कस्ता छन् फिचर र मूल्य ?



काठमाडौँ । नेपाली बजारमा पहिलो पटक सर्वसुलभ दरमा BLACKVIEWको ट्याब्लेट सार्वजनिक भएको छ ।

बजारका चलनचल्तीमा रहेका अन्य ट्याब्लेट भन्दा उत्कृष्ट मानिएको BLACKVIEW ट्याब १८ काठमाडौँको न्यु रोड स्थित ताम्राकार कम्पेल्कस्को पसल नं ८ र अन्य खुद्रा पसलहरुमा उपलब्ध रहेको छ । ८ जी.बि र १२ जी.बि RAM सहित २५६ जी.बि को स्टोरेजका दुई थरीका सेटहरू अहिले बजारमा उपलब्ध छन् ।

यस ट्याब्लेटमा १२ इन्चको टच डिस्प्ले, स्टाइलस् पेन फिचर, सिम कार्ड प्रयोग हुनुका साथै २.४के भिडियोहरू समेत सर्पोट गर्दछ । नेटफिल्क्सको १०८० पिक्सेलमा रहेको एच.डी भिडियोहरू सहजै चल्छ । यस ट्याब्लेटमा मिडिया टेक हेलो जी ९९ ६ एन एमको फिचर पनि जडान गरिएको छ भने उत्कृष्ट साउन्ड सिस्टमको लागि क्वाड हरमान कार्डोन स्पिकर पनि जडान गरिएको छ । ८८०० एम ए एचको ब्याट्री र ३३ वाटको फास्ट चार्जिङ पनि यसमा उपलब्ध रहेको छ । 

३ वटा कलरमा उपलब्ध हुने यस ट्याब्लेटको बजार मूल्य ३९ हजार ९९९ रुपैयाँमा उपलब्ध भइरहेको छ । विश्व बजारमा १२ वर्ष भन्दा लामो समय पर्खात ब्रान्ड बनाउँदै गएको BLACK VIEW ट्याब्लेट नेपाली बजारमा भने पहिलो पटक भित्रिएको हो । 

यस सेटको बारेमा थप जानकारीका लागि ताम्राकार कम्पेल्कस स्थित पसल नं ८ वा सम्पर्क नं ९८२३८८८८०० मा फोन गर्न सक्नुहुनेछ ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ४ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

छविराज सुनारको ‘कि सिधै नो भन्देउ’ ले मच्यायो धूम

काठमाडौं । गायक छविराज सुनारको नयाँ गीत ‘कि सिधै नो

नयाँ वर्षको सुरुवात सडकमै: शिक्षक तथा विद्यालय कर्मचारीको आन्दोलन जारी

काठमाडौँ । नयाँ वर्षको उल्लासपूर्ण दिनमा जहाँ धेरैजसो नेपालीले उत्सव

मुस्ताङबाट झण्डै ९ क्विन्टल अवैध शालिग्राम बरामद, संरक्षणको चुनौती थपिँदै

मुस्ताङ । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–३ स्थित छुसाङ चेकपोष्टबाट प्रहरीले ठूलो

६१ जना वरिष्ठ सई इन्स्पेक्टरमा बढुवा सिफारिस, को-को परे ? (नामावलीसहित)

काठमाडौं । नेपाल प्रहरीले ६१ जना वरिष्ठ नायब निरीक्षक (सई)लाई