२९ फाल्गुन २०८१, बिहिबार । March 13, 2025

मंगलबार झिनो अङ्कले घट्यो नेप्से परिसूचक



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

आज नेप्से परिसूचक एक दशमलव ८५ प्रतिशतले घटेर दुई हजार १० दशमलव २१ को बिन्दुमा कायम भएको हो । आज तीन सय १२ कम्पनीको ६१ लाख ३१ हजार छ सय २१ कित्ता शेयर ४६ हजार दुई सय ३५ पटक खरिदबिक्री हुँदा रु दुई अर्ब २९ करोड १६ लाख ४५ हजार पाँच सय ८५ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा वित्त समूह शून्य दशमलव ०३, लगानी शून्य दशमलव ०४, जीवन बीमा शून्य दशमलव १९, लघुवित्त एक दशमलव ८९, म्युचुअल फन्ड शून्य दशमलव ३० र व्यापार समूह शून्य दशमलव ३२ प्रतिशतले बढेका छन् भने अरु सबै समूहको उपसूचक घटेको छ ।

आज बैंकिङ शून्य दशमलव १८, विकास बैंक शून्य दशमलव १६, होटल तथा पर्यटन शून्य दशमलव ५७, जलविद्युत् शून्य दशमलव ७९, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३३, निर्जीवन बीमा शून्य दशमलव १७ र अन्य समूह शून्य दशमलव ७५ प्रतिशतले घटेको छ ।

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने गणपत्ति लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य नौ दशमलव ९५ र उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य आठ दशमलव ६४ प्रतिशतले बढेको छ ।

सबैभन्दा धेरै घट्नेमा भने ज्योति विकास बैंक बण्ड–२०८७ को शेयर मूल्य सात दशमलव ५० प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै गुर्खाज फाइनान्स लिमिटेडको रु १४ करोड ९८ लाख ८४ हजार नौ सय एक बराबरको शेयर कारोबार भएको छ ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने प्रभु सेलेक्ट फण्डको तीन लाख २० हजार तीन सय ६४ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ३ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कपिलवस्तु ११ ले जित्यो पहिलो सुनगाभा गोल्डकप फुटबल प्रतियोगिता

सैनामैना । कपिलवस्तु ११ ले सैनामैनाको मुर्गियामा आयोजित पहिलो सुनगाभा

नयागाउँ खानेपानी संस्थामा नयाँ नेतृत्व: मीना घर्ती (जीसी) अध्यक्षमा विजयी

बुटवल । नयागाउँ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा कांग्रेसकी

प्रचण्डको चेतावनी: प्रतिगामी शक्तिविरुद्ध जनतालाई सडकमा उतार्ने तयारी

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी

शैक्षिक परामर्श र नेपाल प्रहरीको सहयोग: सुरक्षित भविष्यको लागि नयाँ कदम

काठमाडौं । नेपाल प्रहरी र शैक्षिक परामर्श व्यवसायी बीचको अन्तर्क्रिया

सुनको मूल्य सामान्य बढ्यो, चाँदी पनि बढ्यो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ सामान्य बढेको छ