५ बैशाख २०८३, शनिबार । April 19, 2026

कर्णाली सरकारः प्रचण्डको निर्देशन नमान्ने मुडमा मुख्यमन्त्री शर्मा


२० चैत्र २०८०, मंगलबार  

9
Shares

सुर्खेत । सत्ता गठबन्धनको सोमबार बसेको बैठकले कर्णाली प्रदेशको नेतृत्व एमालेले पाउने सहमति भएको छ ।

सोही अनुसार नै प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णाली सरकारको नेतृत्व एमालेलाई छोडेर आवश्यक सहयोग गर्न प्रदेश इन्चार्ज कालीबहादुर मल्ल र मुख्यमन्त्री शर्मालाई निर्देशन दिएका छन् । तर, कर्णलीका मुख्यमन्त्री शर्मा भने मंगलबारको प्रतिनिधिसभामा विश्वासको मत लिने तयारीमा जुटेका छन् ।

प्रचण्डको निर्देशनलाई इन्कार गर्दै मुख्यमन्त्री शर्मा आफ्नो तरिकाले विश्वासको मत लिने बाटोमा अघि बढेपछि यतिबेला कर्णाली माओवादीमा विवाद चुलिएको छ । केन्द्रमा सत्ता समीकरणमा फेरबदल आएपछि २२ फागुनमा तत्कालीन सत्ता साझेदार कांग्रेसले मुख्यमन्त्री शर्मालाई दिएको समर्थन फिर्ता लिएको थियो ।

सरकारमा सहभागी कुनै दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार प्रदेश सभाबाट विश्वासको मत लिने गरी आइतबार मुख्यमन्त्री शर्माले संसद् सचिवालयलाई पत्र समेत पठाएका थिए ।

मुख्यमन्त्रीको पत्र अनुसार नै संसद् सचिवालयले मंगलबार दिउँसो ३ बजेका लागि प्रदेश सभाको बैठक आह्वान गरेको छ ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ९ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित