१६ श्रावण २०८३, शनिबार । August 1, 2026

नेप्से परिसूचकमा १७ दशमलव ३० अङ्कको गिरावट


१८ चैत्र २०८०, आइतबार  

3
Shares

काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७ दशमलव ३० अङ्कले घटेर दुई हजार १८ दशमलव ३३ को बिन्दुमा कायम भएको छ ।

आज तीन सय १६ कम्पनीको ७९ लाख ५७ हजार छ सय ५९ कित्ता शेयर ६७ हजार ४४ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब २० करोड ५३ लाख ३२ हजार तीन सय २४ बराबरको कारोबार भएको छ । निर्जीवन बीमा समूहको उपसूचक शून्य दशमलव १२ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक आज घटेको छ ।

सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह तीन दशमलव ६५, व्यापार एक दशमलव ७४, लघुवित्त एक दशमलव २० र विकास बैंक एक दशमलव ०९ प्रतिशतले घटेको छ । बैंकिङ शून्य दशमलव ५३, वित्त शून्य दशमलव ६२, होटल तथा पर्यटन शून्य दशमलव ७६, जलविद्युत् शून्य दशमलव ०८, लगानी शून्य दशमलव ७९, जीवन बीमा शून्य दशमलव ९९, म्युचुअल फन्ड शून्य दशमलव ७३ र अन्य समूहको उपसूचक शून्य दशमलव ७१ प्रतिशतले घटेको छ ।

मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । गरिमा डिभेञ्चर २०८५ को मूल्य आठ दशमलव ०८ र उन्नत्ति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सात दशमलव ७४ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने सर्वोत्तम सिमेन्ट लिमिटेडको शेयर मूल्यमा नौ दशमलव ९९ प्रतिशतले गिरावट देखिएको छ ।

कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै सर्वोत्तम सिमेन्ट लिमिटेडको रु २८ करोड ६८ लाख ९३ हजार तीन सय ३१ बराबरको दुई लाख ९० हजार एक सय ३६ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ४ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर