२१ फाल्गुन २०८२, बिहिबार । March 6, 2026

आज दिनभर के–के भयो ?

रास्वपाको उम्मेदवार घोषणा ! गृहमन्त्री रविको ठोकुवा ! वामपन्थी एकतामा जोड ! कर्णालीमा हावाहुरीको वितण्डा…


१७ चैत्र २०८०, शनिबार  

87
Shares

१.रास्वपाले बनायो मिलन लिम्बूलाई उम्मेदवार
राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी बैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ । पार्टी सभापति रवि लामिछानेले घण्टी बजाएर उम्मेदवार घोषणा गरेका थिए । पत्रकारिता छाडेर स्वतन्त्र उम्मेदवारी घोषणा गरेका लिम्बूलाई रास्पाले पार्टीमा भित्राएर उम्मेदवार बनाएको हो ।

२. काम गर्न नदिए सरकार छाड्छौँः गृहमन्त्री लामिछाने
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफुहरु काम गर्नका लागि सरकारमा सहभागि भएको भन्दै काम गर्न नसके सरकार छाड्ने बताएका छन् । शनिबार इलाम–२ उपनिर्वाचनका लागि पार्टीको उम्मेदवार घोषणासभालाई सम्बोधन गर्न पुगेका लामिछानेले यस्तो बताएका हुन् । उनले रास्वपा सरकारमा सहभागी भइसकेपछि सुशासन र सेवा प्रवाहमा जनताले अपेक्षा गरेअनुरुप सुधार भइसकेको दाबी समेत गरेका छन् । विभिन्न समयमा भएका सबै भ्रष्टाचारका फाइलहरु क्रमशः खोलिँदै जाने र भ्रष्टाचारीहरु कसैलाई पनि उम्कन नदिने दाबी समेत उनले गरेका छन् ।

३. बागमति प्रदेश सरकारमा एमालेको इन्ट्री
बागमति प्रदेश सरकारमा नेकपा एमाले सहभागी भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शनिबार आर्थिक मामिला मन्त्रीमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियालाई नियुक्त गरेका छन् । थपलियाले शनिबार साँझ नै प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । चितवनका थपलिया बागमती प्रदेशसभाको पहिलो कार्यकालमा पूर्वमुख्यमन्त्री डोरमणि पौडेलका प्रमुख राजनीतिक सल्लाहकार थिए ।

४. वामपन्थी एकतामा जोड
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू फेरि वामपन्थी शक्ति एकतावद्ध हुने बाटोमा फर्किएको बताएका छन् । २४ औं जेलब्रेक स्मृति दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले अहिलेको सत्ता समीकरण निर्माणलाई वामपन्थी एकताको बाटोतिर फर्किएको रुपमा ब्याख्या गरेका हुन् । देशमा वामपन्थी शक्तिहरुको एकता अहिलेको आवश्यक्ता भएकाले यसका लागि सबैले पहल गर्नुपर्नेमा समेत उनले जोड दिएका थिए ।

५. कर्णालीमा हावाहुरी र असिना पानीको वितण्डा
शनिबार दिउँसो कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा चट्याङ र हावाहुरीसहित असिना पानि पर्दा थुप्रै जनधनको क्षती भएको छ । यस्तै चट्याङ लागेर दैदेखको भैरवी गाउँपालिका–६ कि बालिका शर्मिला कँडेलको मृत्यु समेत भएको छ । हावाहुरी र असिना पानीले विशेषगरी गहुँ, जौँ, तरकारी लगायत हिउँदे बालीनालीमा क्षती पुर्याएको छ । साथै जाजरकोट र रुकुम पश्चिका भूकम्प पीडितहरुको अस्थाई टहरामा समेत क्षती पुर्याएको प्रहरीले जनाएको छ ।

६. नेपाल पराजित
शनिबार त्रिवि क्रिकेटमा मैदानमा भएको खेलमा नेपाल ‘ए’ आयरल्याण्ड ‘ए’सँग ४० पराजित भएको छ । जितका लागि दुई सय २५ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ १७ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै एक सय ८४ रनमा समेटिएको थियो । नेपालले लगातार दोस्रो हार व्यहोरेपछि जारी टी–२० श्रृङ्खला आयरल्याण्ड वुल्भ्सले एक खेल अगावै जितेको छ । नेपालका लागि देव खनालले सर्वाधिक ४७ रन जोड्दा बसिर अहमदले २७, विनोद भण्डारीले २६ र लोकेश बमले २५ रनको यागदान दिएका थिए ।

७.इलाम–२ जित्ने ओलीको विश्वास
सत्तारुढ नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले आगामी बैशाख १५ गते हुने उपनिर्वाचनमा आफ्नो पार्टीले जित्ने दाबी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेविरुद्ध सवै एकातिर हुने गठबन्धन टुटेकाले पनि यस पटक उपनिर्वाचनमा आफ्नो पार्टीले हार्न नमिल्ने जिकिर गरेका हुन् । अध्यक्ष ओलीले तत्कालीन अवस्थामा एमालेका हस्ती नेताहरुले पार्टी विभाजन गरेर जाँदा पनि पार्टीले धेरै ठाउँमा हारको सामना गर्नुपरेको स्मरण गराएका थिए ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ८ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по