९ जेष्ठ २०८२, बिहिबार । May 22, 2025

आज दिनभर के–के भयो ?

रास्वपाको उम्मेदवार घोषणा ! गृहमन्त्री रविको ठोकुवा ! वामपन्थी एकतामा जोड ! कर्णालीमा हावाहुरीको वितण्डा…



१.रास्वपाले बनायो मिलन लिम्बूलाई उम्मेदवार
राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी बैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ । पार्टी सभापति रवि लामिछानेले घण्टी बजाएर उम्मेदवार घोषणा गरेका थिए । पत्रकारिता छाडेर स्वतन्त्र उम्मेदवारी घोषणा गरेका लिम्बूलाई रास्पाले पार्टीमा भित्राएर उम्मेदवार बनाएको हो ।

२. काम गर्न नदिए सरकार छाड्छौँः गृहमन्त्री लामिछाने
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफुहरु काम गर्नका लागि सरकारमा सहभागि भएको भन्दै काम गर्न नसके सरकार छाड्ने बताएका छन् । शनिबार इलाम–२ उपनिर्वाचनका लागि पार्टीको उम्मेदवार घोषणासभालाई सम्बोधन गर्न पुगेका लामिछानेले यस्तो बताएका हुन् । उनले रास्वपा सरकारमा सहभागी भइसकेपछि सुशासन र सेवा प्रवाहमा जनताले अपेक्षा गरेअनुरुप सुधार भइसकेको दाबी समेत गरेका छन् । विभिन्न समयमा भएका सबै भ्रष्टाचारका फाइलहरु क्रमशः खोलिँदै जाने र भ्रष्टाचारीहरु कसैलाई पनि उम्कन नदिने दाबी समेत उनले गरेका छन् ।

३. बागमति प्रदेश सरकारमा एमालेको इन्ट्री
बागमति प्रदेश सरकारमा नेकपा एमाले सहभागी भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शनिबार आर्थिक मामिला मन्त्रीमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियालाई नियुक्त गरेका छन् । थपलियाले शनिबार साँझ नै प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । चितवनका थपलिया बागमती प्रदेशसभाको पहिलो कार्यकालमा पूर्वमुख्यमन्त्री डोरमणि पौडेलका प्रमुख राजनीतिक सल्लाहकार थिए ।

४. वामपन्थी एकतामा जोड
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू फेरि वामपन्थी शक्ति एकतावद्ध हुने बाटोमा फर्किएको बताएका छन् । २४ औं जेलब्रेक स्मृति दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले अहिलेको सत्ता समीकरण निर्माणलाई वामपन्थी एकताको बाटोतिर फर्किएको रुपमा ब्याख्या गरेका हुन् । देशमा वामपन्थी शक्तिहरुको एकता अहिलेको आवश्यक्ता भएकाले यसका लागि सबैले पहल गर्नुपर्नेमा समेत उनले जोड दिएका थिए ।

५. कर्णालीमा हावाहुरी र असिना पानीको वितण्डा
शनिबार दिउँसो कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा चट्याङ र हावाहुरीसहित असिना पानि पर्दा थुप्रै जनधनको क्षती भएको छ । यस्तै चट्याङ लागेर दैदेखको भैरवी गाउँपालिका–६ कि बालिका शर्मिला कँडेलको मृत्यु समेत भएको छ । हावाहुरी र असिना पानीले विशेषगरी गहुँ, जौँ, तरकारी लगायत हिउँदे बालीनालीमा क्षती पुर्याएको छ । साथै जाजरकोट र रुकुम पश्चिका भूकम्प पीडितहरुको अस्थाई टहरामा समेत क्षती पुर्याएको प्रहरीले जनाएको छ ।

६. नेपाल पराजित
शनिबार त्रिवि क्रिकेटमा मैदानमा भएको खेलमा नेपाल ‘ए’ आयरल्याण्ड ‘ए’सँग ४० पराजित भएको छ । जितका लागि दुई सय २५ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ १७ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै एक सय ८४ रनमा समेटिएको थियो । नेपालले लगातार दोस्रो हार व्यहोरेपछि जारी टी–२० श्रृङ्खला आयरल्याण्ड वुल्भ्सले एक खेल अगावै जितेको छ । नेपालका लागि देव खनालले सर्वाधिक ४७ रन जोड्दा बसिर अहमदले २७, विनोद भण्डारीले २६ र लोकेश बमले २५ रनको यागदान दिएका थिए ।

७.इलाम–२ जित्ने ओलीको विश्वास
सत्तारुढ नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले आगामी बैशाख १५ गते हुने उपनिर्वाचनमा आफ्नो पार्टीले जित्ने दाबी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेविरुद्ध सवै एकातिर हुने गठबन्धन टुटेकाले पनि यस पटक उपनिर्वाचनमा आफ्नो पार्टीले हार्न नमिल्ने जिकिर गरेका हुन् । अध्यक्ष ओलीले तत्कालीन अवस्थामा एमालेका हस्ती नेताहरुले पार्टी विभाजन गरेर जाँदा पनि पार्टीले धेरै ठाउँमा हारको सामना गर्नुपरेको स्मरण गराएका थिए ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ८ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तोलामा ५ हजारले बढ्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको

कृषिमा डिजिटल हस्तक्षेपः ‘कनेक्ट किसान’ एपमार्फत प्रविधिको सहारामा समाधानको यात्रा

काठमाडौं । कृषिमा आधुनिकीकरण र प्रविधिको समावेशका बारेमा लामो समयदेखि

राष्ट्र बैंकले पायो नयाँ नेतृत्वः विश्व पौडेल बने १८ औँ गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नरका रूपमा विश्व

नेप्सेमा उत्साहजनक वृद्धि, कारोबार रकम भने घट्यो

काठमाडौं । शेयर बजार आज उल्लेखनीय रूपमा उकालो लागेको छ।

भीमफेदीको छैसठ्ठी मोडमा विङ्गर दुर्घटना : १४ जना घाइते, ३ को अवस्था गम्भीर

मकवानपुर । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–९ स्थित त्रिभुवन राजपथको छैसठ्ठी