८ आश्विन २०८३, बिहिबार । September 24, 2026

आज दिनभर के–के भयो ?

रास्वपा उम्मेदवारलाई माओवादीको कारबाही ! गगनको विश्वास ! प्रचण्डको आश्वासनः निर्माण व्यवसायीले समयमै भुक्तानी पाउँछन् ! गृहमन्त्रीको निर्देशन…


१६ चैत्र २०८०, शुक्रबार  

342
Shares

१.नेपाल ‘ए’ टोली आयरल्याण्ड ‘ए’ टोलीसँग पराजित
लोकेश बमले उत्कृष्ट ब्याटिङ गरेता पनि नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग २१ रनले पराजित भएको छ । आयरल्याण्डले दिएको दुई सय २३ रनको चुनौती पछ्याएको नेपाल १९ दशमलव तीन ओभरमा सवै विकेट गुमाएर २ सय २ रनमै समेटियो । नेपालका लागि लोकेश बमले सर्वाधिक १ सय ६ रनको पारी खेलेका थिए । त्यसैगरि आरिफ शेखले ४९ रन बनाएका थिए कप्तान विनोद भण्डारीले १४ बलमा दुई चौका र एक छक्काको मद्दतमा १६ रन जोडेका थिए । बलिङतर्फ आयरल्याण्डका फिआन ह्यान्ड र म्याथ्यु हम्फ्रिजले समान ३–३ विकेट लिएका थिए । त्यस्तै थोमस मेस र ग्याभिन होएले समान एक–एक विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टी–२० शृङ्खला अन्तर्गतको पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको आयरल्याण्ड ‘ए’ टोलीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै दुई सय २२ रनको योगफल बनाएको थियो ।

२. गृहमन्त्री लामिछानेको निर्देशन
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति हुनेगरी काम गर्न मातहतका सबै निकायलाई निर्देशन दिएका छन् । जिल्ला प्रशासन कार्यालय झापामा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुसँग जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी लिँदै कागजमा भन्दा पनि परिणाम देखिने गरी काम गर्न निर्देशन दिएका हुन् । गृहमन्त्री लामिछानेले आफू हिजोका दिनमा जवाफ माग्ने ठाउँमा रहेको तर आज जवाफ दिने ठाउँमा आइपुगेकाले देशमा जबाफदेहिताको प्रवद्र्धनमा सदैव ध्यान दिने पनि बताएका छन् ।

३. सरकारमा फर्किने गगनको विश्वास
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस पुनः सरकारमा पुग्ने दाबी गरेका छन् । शुक्रबार संवाद यात्राका क्रममा कपिलवस्तुमा आयोजित कार्यक्रममा बोल्दै उनले पार्टी फेरि सरकारमा पुग्ने बताएका हुन् । गठबन्धन परिवर्तन भएको महिना दिनपनि नपुग्दै कांग्रेस महामन्त्री थापाले दिएको यो अभिव्यक्तिले नेपाली राजनीतिमा भने नयाँ तरङ्ग पैदा गरेको छ ।

४. बजेन निर्माणमा आफैँले कमान्ड लिने प्रचण्डको आवश्वासन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी वर्षका लागि नीति तथा कार्यक्रम बजेट निर्माणमा आफैँले कमान्ड लिने गरी तयारी गरेको बताएका छन् । हेटौँडामा जारी नेपाल निर्माण व्यवसायी महासङ्घको २५ औँ साधारण सभा कार्यक्रमलाई सम्बोधन गर्दै उनले अघिल्लो सरकारमा प्रधानमन्त्री एकातिर कुद्न चाहने र अर्थमन्त्री अर्कातिर कुद्न चाहँदा निकै जटिल भएको समेत उल्लेख गरेका छन् । प्रधानमन्त्री र अर्थमन्त्रीको मतभेदकै कारण अघिल्लो सरकारमा हुँदा निर्माण व्यवसायीले भुक्तानी पाउने बिषयमा कुरा नमिलेको समेत उनले बताएका छन् ।

५. रास्वपा उम्मेदवारलाई माओवादीको कारबाही
राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम–२ को उपनिर्वाचनमा उम्मेदवार बनाएका मिलन लिम्बुलाई माओवादी केन्द्रको पत्रकार संगठन प्रेस सेन्टर नेपालले कारबाही गरेको छ । शुक्रबार प्रेस सेन्टरका महासचिव सन्तोष पौडेलले एक प्रेस विज्ञप्ति जारी गर्दै सो सङ्गठनका सचिव रहेका लिम्बुले सङ्गठनको नेतृत्वको सुझाव र निर्देशनसमेत बेवास्ता गरी चरम अवसरवादी प्रवृत्तिको प्रदर्शन गरेको भन्दै सङ्गठनको सबै जिम्मेवारीबाट हटाइएको जनाएका छन् ।

६.सादा पोसाकका प्रहरी फिर्ता बोलाईयो
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि काठमाडौं उपत्यकामा खटिएका १ सय ८ जना सादा पोशाकका (घुमुवा) प्रहरीलाई फिर्ता बोलाइएको छ । गृहमन्त्रीको निर्देशनसँगै बिहीबार प्रहरी मुख्यालयले सादा पोशाकका प्रहरीलाई फिर्ता बोलाएर पोशाक सहित नियमित कार्यमा फर्किन परिपत्र जारी गरेको थियो । प्रहरी मुख्यालयको परिपत्र आएपछि उपत्यकाका १ सय ८ जना सादा पोशाकका प्रहरीलाई पोशाक लागाएर नियमित कार्यमा फर्काइएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  ९ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको