८ चैत्र २०८२, आइतबार । March 22, 2026

रोकिएन बालश्रम, पोखरामा मात्रै एक हजार तीन सय ६९ जना बालश्रमिक


१६ चैत्र २०८०, शुक्रबार  

3
Shares

कास्की । पोखरामा करिब एक हजार तीन सय ६९ जना बालश्रमिक रहेका पाइएको छ ।

बालश्रम न्यूनीकरण सम्बन्धमा पोखरा उद्योग वाणिज्य सङ्घअन्तर्गतको सामाजिक विकास केन्द्रद्वारा आयोजित सरोकारवालासँगको अन्तरक्रियामा उक्त तथ्याङ्क प्रस्तुत गरिएको हो । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै सामाजिक विकास केन्द्रका सुपरभाइजर सफल बरालले हाल केन्द्रले किडासालगायत दाताहरूको सहयोगमा बालश्रम न्यूनीकरण, जीविकोपार्जन तथा शिक्षालगायत चारवटा कार्यक्रम सञ्चालन गरिरहेको बताए ।

अहिले पोखरामा करिब एक हजार तीन सय ६९ जना बालश्रमिकको पहिचान भएको बताउँदै उनले तीमध्ये पाँच सय ७२ जना विभिन्न वर्कशपमा कार्यरत रहेको जानकारी दिए । मोटर तथा मोटरसाइकल वर्कशपमा काम गर्ने अधिकांश बालक भारतीय रहेकाले उनीहरुलाई कामबाट छुटाउन र परिवारको जिम्मा लगाउन नसकिएको बरालले जानकारी दिए । ती बालश्रमिकलाई कार्यस्थलमै पुगेर शिक्षा प्रदान गर्ने गरिएको उनको भनाइ छ ।

सामाजिक विकास केन्द्रका संयोजक एवम् पोखरा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष राजेन्द्रकुमार लालचनले केन्द्रले विगतदेखि सञ्चालनमा ल्याएको बालश्रम न्यूनीकरण कार्यक्रमकै कारण पोखरामा बालबालिकालाई निकृष्ट प्रकारका श्रममा लगाउने कार्यमा कमी आएको बताए । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले बालश्रम न्यूनीकरणका लागि स्थानीय सरकार बढी क्रियाशील हुनुपर्ने धारणा राखेका थिए ।

पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवनकुमार प्रजापति, महासचिव बलराम आचाय, पोखरा महानगरपालिका–११ का वडाध्यक्ष प्रेम कर्माचार्यलगायतले बालश्रमको न्यूनीकरणमा सामूहिक प्रयास आवश्यक भएकामा जोड दिएका थिए ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  २ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो