२० माघ २०८१, आइतबार । February 2, 2025

सभामुख नेतृत्वको प्रतिनिधिमण्डल स्वदेश फिर्ता



काठमाडौं । अन्तर–व्यवस्थापिका सङ्घ (आइपियू) को एक सय ४८ औँ महासभामा सहभागी भई प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे नेतृत्वको दस सदस्यीय प्रतिनिधिमण्डल आज स्वीट्जरल्याण्डबाट स्वदेश फिर्ता भएको छ ।

यही चैत १० देखि १४ गतेसम्म सङ्घको प्रधान कार्यालय जेनेभामा सञ्चालन भएको महासभामा सहभागी हुन सभामुख घिमिरे नेतृत्वको प्रतिनिधिमण्डल यही चैत ८ गते त्यसतर्फ प्रस्थान गरेको थियो । महासभामा सभमुख घिमिरेले ‘संसदीय कूटनीतिःशान्ति र समझदारीको लागि सेतु निर्माण’ विषयमा सङ्घीय संसद्का तर्फबाट सम्बोधन गरेका थिए ।

महासभामा सभामुख घिमिरेसहित संसदीय दलका प्रमुख सचेतकहरु नेपाली कांग्रेसका रमेश लेखक, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महेशकुमार बर्तौला, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष परियार सहभागी थिए ।

यस्तै राष्ट्रियसभा सदस्य गङ्गाकुमारी बेलबासे, सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरी, उपसचिव प्रदीप गुरागाई र सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई सहभागी भएका थिए ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  १२ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

त्रिकोणात्मक महिला टी–२० सिरिजः नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै

काठमाडौं । त्रिवि मैदानमा जारी त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट

आजको मौसमः काठमाडौंको तापक्रम घट्यो, देशको पहाडी क्षेत्रमा आंशिक बदली

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ

माघ २० गते आइतबारको तपाईँको राशिफल

काठमाडौं । आज मिति २०८१ साल माघ महिनाको २० गते

महाकुम्भ मेलाबाट फर्किंदै गरेको गाडी दुर्घटना, एकै परिवारका पाँच नेपालीको मृत्यु

काठमाडौं । भारतको कुम्भ मेलामा सहभागी भएर फर्किँदै गरेको गाडी

बिदा भए नेपाली राष्ट्रिय क्रिकेट टोलिका मुख्य प्रशिक्षक मोन्टी देसाई

काठमाडौं । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी