६ पुस २०८१, शनिबार । December 21, 2024

आज दिनभर के भयो ?

ओलीलाई प्रचण्डको चेतावनी ! बालेनको अल्टिमेटम ! सडक कि मृत्यूमार्ग ? चिट चोराउने पक्राउ…



१. रास्वपाले तोक्यो उम्मेदवार
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम–२ मा हुने उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ । प्राइमरी इलेक्सनका लागि ६ जनाको उम्मेदवारी परेकोमा ५ जनाले लिम्बूलाई समर्थन गरेपछि सर्वसम्मत उम्मेदवारी चयन गरिएको रास्वपाले जनाएको छ । प्राइमरी इलेक्सनका लागि गोकुलबहादुर राई, जमुना शर्मा, महेन्द्रकुमार थापा, मानबहादुर घिमिरे, र डा.शेषरमण न्यौपानेको उम्मेदवारी परेको थियो । बिहीबार पार्टी कार्यालय वनस्थलीमा सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले राखेको छलफलमा उनीहरुले लिम्बुलाई समर्थन गरेका थिए ।


२. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको चेतावनी !
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काम गर्ने वातावरण नपाए फेरी उथलपुथल ल्याउने चेतावनी दिएका छन् । बिहीबार बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । विकास र सुशासनलाई गति दिनेगरि काम गर्न आफुँ लागिपरेको र यस्लाई रोक्ने खालका कुनै गतिविधि भए फेरी उथलपुथलकारी कदम चाल्न समेत पछि नपर्ने उनको चेतावनी थियो ।


३. भयावह बन्दै सडक दुर्घटना
नेपालमा पछिल्लो समय सडक दुर्घटनाको अवस्था भयावह बन्दै गएको छ । नेपाल प्रहरीले सार्वजनीक गरेको तथ्याङ् अनुसार सवारी दुर्घटनाकै कारण पछिल्लो पाँच बर्षमा ११ हजार ३ सय ५ जनाले अकालमा ज्यान गुमाएका छन् । यस्तै २७ हजार ७ सय २६ जना गम्भिर घाइते भएका छन् । प्रहरीको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको माघ मसान्तसम्म सडक दुर्घटनाकै कारण १ हजार ३ सय ३ जनाले ज्यान गुमाएका छन् । यसमध्ये सबैभन्दा धेरै मधेस प्रदेशमा २ सय ९० जनाले ज्यान गुमाएका छन् ।


४. कर्णालीमा हाम फालेका शाहीको शव फेला
होलीको दिन कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका युवक मृत फेला परेका छन् । कैलालीको लम्की–चुहा नगरपालिका–३ का ३० बर्षीय लोकन्द्र शाही मृत फेला परेका हुन् । गत सोमबार दिउँसो कर्णाली पुलबाट हाम फालेका शाहीको शव दुर्घटनास्थलबाट करिब १५ किलोमिटर तल टिकापुर–२ संकटी घाटमा भेटिएको थियो ।


५.सादा पोसाकमा प्रहरी परिचालन नगर्न सर्कुलर
प्रहरी प्रधान कार्यालयले सादा पोसाकमा प्रहरी परिचालन नगर्न सर्कुलर जारी गरेको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशन अनुसार प्रहरी प्रधान कार्यालयले उपत्यका प्रहरी कार्यालय र सवै प्रदेशमा सुर्कुलर गरेको हो । सादा पोसाकमा खटिने प्रहरी गैर व्यावसायिक काममा संलग्न हुने गरेको गुनासोपछि गृहमन्त्री लामिछानेले आईजीपी वसन्त कुँवरलाई त्यसबारे सर्कुलर गर्न भनेका थिए ।


६. एसईईमा चिट चोराएको आरोपमा २ जना पक्राउ
एसईई परीक्षामा चिट चोराएको आरोपमा बारा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बाराको देवताल गाउँपालिका–६ घर भइ कलैया उपमहानगरपालिका–२ स्थित अमर मावि दोहरीमा कार्यरत शिक्षक सुरेन्द्र यादव र बाराको आदर्शकोतवाल गाउँपालिका–३ घर भइ बारागढी गाउँपालिका–१ मा रहेको जनता मावि बुधगाईका नक्कली गार्डको रुपमा खटिएका विनोदप्रसाद यादव रहेका छन् ।


७. चैते धानको न्यूनतम समर्थन मूल्य तोकियो
सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को लागि चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ७ सय ७ रुपैयाँ २८ पैसा तोकेको हो । १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा भने सरकारले एक प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १२ सय ग्रामका दरले हुन आउने तौल घटाई कायम हुन आउने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम गर्ने निर्णय गरेको छ ।


८. निजी विद्यालयको नाम फेर्न बालेनको १ महिने अल्टिमेटम
काठमाडौं महानगरपालिकाले निजी विद्यालयको नाम फेर्न एक महिनाको अल्टिमेटम दिएको छ । महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा व्यवस्था भए बमोजिम नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्नुपर्ने छ । अहिले अधिकांश संस्थागत विद्यालयको नाम नियमावलीअनुसार नभएको भन्दै एक महिनाभित्र फेर्न सूचना जारी भएको हो ।


९. बिहीबार नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि
साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेजका अनुसार नेप्से परिसूचक चार दशमलव ७८ अङ्कले उकालो लागेर दुई हजार ३५ दशमलव ६४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३६ ओरालो लागेर तीन सय ५९ दशमलव शून्य नौमा सीमित भएको छ । कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहकोे शेयर मूल्य ओरालो लाग्दा आठ उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ । कुल ६६ लाख १४ हजार चार सय ४५ कित्ता शेयर रु दुई अर्ब ६५ करोड ३३ लाख ४९ हजार चार सय ६८ मूल्यमा कारोबार भएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहिबार  ८ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महिला यु–१९ विश्वकप खेल्ने टोलीको बन्द प्रशिक्षण गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशालामा हुने

काठमाडौं । आगामी जनवरी १८ तारिखदेखि मलेसियामा हुने महिला यू–१९

जनकपुर बोल्ट्सका ललितले जिते अल्ट्राभाइलेट इलेक्ट्रिक बाइक

काठमाडौं । पहिलो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि

कर्णाली याक्सका बिपिन शर्मालाई एनपीएलको इमर्जिङ प्लेयर अवार्ड

काठमाडौं । पहिलो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) को इमर्जिङ

एनपीएल सर्वोत्कृष्ट खेलाडीको उपाधि दिपेन्द्रलाई, ओमोडाको कार उपहार

काठमाडौं । पहिलो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) को सर्वोत्कृष्ट

एनपीएल पहिलो सिजनको उपाधि जनकपुर बोल्ट्सलाई

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो सिजनको उपाधि जनकपुर