४ असार २०८३, बिहिबार । June 18, 2026

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि


१५ चैत्र २०८०, बिहिबार  

6
Shares

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ ।

नेपाल स्टक एक्सचेजका अनुसार नेप्से परिसूचक चार दशमलव ७८ अङ्कले उकालो लागेर दुई हजार ३५ दशमलव ६४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३६ ओरालो लागेर तीन सय ५९ दशमलव शून्य नौमा सीमित भएको छ ।

कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहकोे शेयर मूल्य ओरालो लाग्दा आठ उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ । कुल ६६ लाख १४ हजार चार सय ४५ कित्ता शेयर रु दुई अर्ब ६५ करोड ३३ लाख ४९ हजार चार सय ६८ मूल्यमा कारोबार भएको छ । कारोबारका आधारमा सर्वोत्तम सिमेन्ट शीर्षस्थानमा छ ।

सो कम्पनीको रु १९ करोड ३७ लाख ६२ हजार आठ सय ६९ बराबरको कारोबार भयो । त्यस्तै, गुर्खाज फाइनान्स रु १६ करोड १९ लाख ८९ हजार पाँच सय ५८, शिवम् सिमेन्ट रु १५ करोड ३९ लाख ३३ हजार छ सय ४९, सोनापुर मिनरल्स रु ११ करोड १८ लाख ५३ हजार एक सय ६८ र पिपल्स पावर रु सात करोड तीन लाख २३ हजार एक सय ७९ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार हिमालयन ऊर्जा विकास कम्पनी १०, सर्वोत्तम सिमेन्ट नौ दशमलव ९६, हिमालयन हाइड्रोपावर आठ दशमलव ७३, सामलिङ पावर कम्पनी आठ दशमलव शून्य सात र पिपल्स पावरका लगानीकर्ताले सात दशमलव ४४ प्रतिशतले कमाएका छन् ।

उन्नति सहकार्य लघुवित्त १०, धवलागिरि लघुवित्त १०, हिमालयन बैंकको म्युचुअल फण्ड छ दशमलव ८०, जोशी हाइड्रोपावर तीन दशमलव ३४ र मैलुङ खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले तीन दशमलव २८ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहिबार  ५ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा