९ बैशाख २०८२, मंगलबार । April 22, 2025

प्रतिकूल मौसमले हवाई उडान प्रभावित



काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको उडान प्रभावित भएको हो । विमानस्थलका प्रवक्ता सुवास झाले भिजिबिलिटी कमजोर हुदाँ केही अन्तर्राष्ट्रिय उडान प्रभावित भएको बताए । उनका अनुसार एयर चाइनाको जहाज ‘डाइभर्ट’ भएको छ भने अन्य जहाज आकाशमा फन्को लगाउने (होल्ड) हुने भएका छन् । अहिले पनि सिचुवना एयरलाइन्सको जहाज होल्डमा रहेको छ । “प्रतिकूल मौसमले विमानस्थलको भिजिबिलिटी कमजोर रहेको छ ।

एक घण्टा अगाडि एक हजार छ सय मिटरमात्रै भिजिबिलिटी रहेकामा अहिले दुई हजार पाँच सय रहेको छ । “होल्डमा रहेका अन्तर्राष्ट्रिय उडानका जहाज अवतरण हुन थालेका छन्”, प्रवक्ता झाले भन्नुभयो । आन्तरिकतर्फ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भएको छैन । तराई क्षेत्रका विमानस्थलमा भने नियमित उडान भइरहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन नेपालीसहित ३० वायुसेवा प्रदायक कम्पनीले अन्तराष्ट्रिय उडान भर्दै आएका छन् । आन्तरिकतर्फ १२ हेलिकप्टर कम्पनीसहित २० वायुसेवा प्रदायकले उडान सेवा दिइरहेका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहिबार  ११ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गभर्नर नियुक्ति विवादः रिटको सुनुवाइ तेस्रो दिन पनि स्थगित

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई

सडकमा शिक्षकः आयो तेरो सर ! बाटो खाली गर

काठमाडौं । नेपाल शिक्षक महासंघको आह्वानमा काठमाडौंमा शिक्षकहरूको आन्दोलन अझै

नयाँ प्रशिक्षक स्टुअर्ट ल शुक्रबार नेपाल आउँदै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका नयाँ प्रमुख प्रशिक्षक स्टुअर्ट

शिक्षकको धम्की: ‘न हामी परीक्षा लिन्छौं, न कापी हेर्छौं!’

काठमाडौं । नेपाल शिक्षक महासंघले कक्षा–१२ को बोर्ड परीक्षामा कुनै

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट अब संयुक्त इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री