१८ जेष्ठ २०८३, सोमबार । June 1, 2026

आईपीएल क्रिकेटःचेन्नईको लगातार दोस्रो जीत


१४ चैत्र २०८०, बुधबार  

6
Shares

एजेन्सी । जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा साबिक विजेता चेन्नई सुपर किंग्सले लगातार दोस्रो जीत हात पारेको छ ।

मंगलबार राति भएको खेलमा चेन्नईले गुजरात टाइटन्सलाई ६३ रनले पराजित गरेको हो । २ सय ७ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४३ रन मात्र बनाउन सक्यो । गुजरातका लागि साई सुदर्शनले सर्वाधिक ३७ रनको योगदान दिए ।

त्यस्तै, ऋद्धिमन शाह र डेभिड मिलरले समान २१–२१ रन बनाए ।चेन्नईका लागि दीपक चाहर, मुस्तफिजुर रहमान र तुसार देशपाण्डेले २–२ विकेट लिए भने डेरल मिचेल र माथिसा पथरिनाले १–१ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेटको क्षतिमा २ सय ६ रन बनाएको थियो ।

प्लेयर अफ द म्याच घोषित शिवम दुवेले २३ बलमा ५१ रनको विस्फोटक इनिङ्स खेले । उनले २ चौका र ५ छक्का हिर्काए । यसअघि ओपनरद्वय रुतुराज गायकवाड र रचिन रवीन्द्रले टोलीलाई उत्कृष्ट सुरुवात दिलाएका थिए । दुवै खेलाडीले समान ४६–४६ रन बनाए । त्यसबाहेक डेरल मिचेलले २४ रनको योगदान दिए ।

गुजरातका लागि रासिद खानले २ तथा साई किशोर, स्पेन्सर जोनसन र मोहित शर्माले १–१ विकेट लिए । लगातार दोस्रो जीतपछि चेन्नई अङ्क तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ७ : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिआईबीका ठूला अनुसन्धानले बढायो कानुनी शासनप्रतिको भरोसा

काठमाडौं । पछिल्लो समय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली