५ असार २०८३, शुक्रबार । June 19, 2026

श्री एयरलाइन्सले भित्र्यायो दुई जहाज


१३ चैत्र २०८०, मंगलबार  

6
Shares

काठमाडौं । निजी क्षेत्रको श्री एयरलाइन्सले थप दुई जहाज भित्र्याएको छ ।

सो एयरलाइन्सलले आज ८० सिट क्षमताका दुई जहाज काठमाडौँ अवतरण गराएको हो । एयरलाइन्सले क्यानडाको डी हाभिलैण्ड अफ क्यानडाद्वारा निर्मित ‘ड्यास एट’ जहाज ल्याएको छ । ती जहाजको कलसाइन नाइनएन–एओके र नाइनएन–एओएल रहेको श्री एयरलाइन्स लिमिटेडका संस्थागत प्रबन्धक अनिल मानन्धरले जानकारी दिए ।

ती जहाज यसअघि अमेरिकाको होराइजन एयर र अलास्का एयरले उडाएको थियो । थपिएका दुवै जहाज नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रक्रिया पूरा गरेर चाँडै व्यावसायिक उडानमा लगिने संस्थागत प्रबन्धक मानन्धरले जानकारी दिए । योसँगै श्री एयरलाइन्ससँग अब १० जहाज उपलब्ध छन् ।

कम्पनीका हाल आठ हेलिकोप्टर पनि सञ्चालनमा छन् । श्रीएयरलाइन्सले सन् २०१७ देखि ५० सिट क्षमताका दुई सिआरजे २०० तथा ७० सिट क्षमताको दुई आर जे ७०० जेट विमानबाट नेपालको विभिन्न गन्तव्यमा नियमित उडान सञ्चालन थालेको हो ।

सन् २०१९ देखि दुई तथा सन् २०२२ देखि थप दुई ८० सिट क्षमताका जहाज ल्याएको उक्त कम्पनीले जहाज थपेर उडान गन्तव्य विस्तार गरिरहेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ५ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा