९ आश्विन २०८३, शुक्रबार । September 25, 2026

आज दिनभर के भयो ?

रविको सरप्राइज योजना ! नेपाल ‘ए’को टोली घोषणा ! एमालेले तोक्यो उम्मेदवार ! होलीको रौनक…


११ चैत्र २०८०, आइतबार  

138
Shares

१. एमालेको उम्मेदवार सुहाङ
आगामी बैशाख १५ गते इलाम–२ मा हुने उपनिर्वाचनमा नेकपा एमालेलाई सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार बसेको पार्टीको सचिवालय बैठकले सुहाङ नेम्वाङलाई उम्मेदवार चयन गर्ने निर्णय गरेको हो । सुहाङ ४ मंसिर २०७९ को आम निर्वाचनमा त्यसै क्षेत्रबाट जितेका एमाले नेता सुवासचन्द्र नेम्वाङका छोरा हुन् । सुवास नेम्वङको गएको भदौ २५ गते निधन भएपछि त्यस क्षेत्रम उपनिर्वाचन हुन लागेको हो ।


२. बझाङ–१ मा एमालेका भण्डारी उम्मेदवार
आगामी बैशाख १५ गते हुने बझाङ–१ प्रदेशसभा निर्वाचनमा नेकपा एमालेबाट दमनबहादुर भण्डारी उम्मेदवार हुने भएका छन् । आइतबार बसेको पार्टीको सचिवालय बैठकले एमाले बझाङ जिल्ला अध्यक्ष भण्डारीलाई उम्मेदवार चयन गरेको हो । बझाङ १ बाट सुदूरपश्चिम प्रदेशसभामा निर्वाचित नेपाली कांग्रेसका नेता पृथ्वीबहादुर सिंहको गत ५ असारमा निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।


३. आयरल्याण्डसँग खेल्ने नेपाल ‘ए’को टोली घोषणा
आयारल्याण्ड वल्भससँग खेल्ने नेपाल ए टीमको टोली घोषणा भएको छ । टी–यू क्रिकेट मैदानमा सोमबारदेखि सुरु हुने एक दिवसीय र टी–२० दुवै खेलका लागि क्यानले विनोद भण्डारीको कप्तानीमा टोली घोषणा गरेको हो । टी–२० को टोलीमा विनोद भण्डारी, लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बसिर अहमद, राशिद खान, सागर ढकाल, विपिन खत्री, कमलसिंह ऐरी, हेमन्त धामी र विकास अग्री रहेका छन् । यस्तै एक दिवसीय खेलका लागि विनोद भण्डारी, अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमलसिंह ऐरी, शहब आलम, रञ्जित कुमार, रुपेश सिंह, रिजन ढकाल, विकास अग्री, मौसम ढकाल रहेका छन् ।


४. होलीको रंगमा रंगिएका विदेशी पर्यटक
सङ्घीय राजधानी काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेललगायत विश्वसम्पदा क्षेत्रमा विदेशी पर्यटकले पनि हर्षोल्लासका साथ होली मनाएका छन् । वसन्तऋतुको आगमनसँगै नेपाल घुम्न आएका विदेशी पर्यटकले फागुपूर्णिमाका अवसरमा यहाँ मनाइँदै आएको होली पर्वलाई हर्षोल्लासका साथ मनाएका हुन् । पछिल्लो समय नेपालमा मनाइने होली पर्व विदेशीले समेत मनाउने गरेका छन् ।


५. जीबीलाई जेल कोचेरै छाड्ने रविको प्रतिबद्धता
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले देशभरी सहकारीमा देखिएको समस्या समाधानका लागि सरकार लागेको बताएका छन् । होली मनाउन आफ्नो निर्वाचन क्षेत्र चितवन पुगेका उनले सहकारीपीडितसँग सरकारले वार्तामार्फत समस्या समाधानको प्रयास गरेको बताएका छन् । गृहमन्त्री लामिछानेले बचतकर्ताको रकम फिर्ता गर्नका लागि सम्बन्धित दोषीहरुको सम्पत्ति ल्याएर भएपनि उपलब्ध गराउने बताएका छन् । साथै उनले सहकारीको पैसा अपचलन गरेर फरार रहेका जीबी राईलाई नियन्त्रणका लागि सरकारले पूरै शक्ति परिचालन गरेको उनको भनाई थियो ।


६. देश समृद्ध बनाउने झलनाथको योजना
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादमा पुगेर मात्रै देशलाई समृद्ध बनाउन सकिने बताएका छन् । आइतबार अनेरास्ववियू त्रिचन्द्र क्याम्पस कमिटीको आयोजनामा भएको बृहत होली मिलन कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले समाजवाद प्राप्त गरेर मात्रै देशमा शान्ति र समृद्धि ल्याउन सकिने बताए । उनले देशको विकास गर्न र विकृति, विसंगतिहरुलाई अन्त्य गर्न समाजवाद आवश्यक भएको बताए ।


७. सुनकोशीमा पोडी खेल्न गएका ३ बालबालिका बेपत्ता
होली खेलेर सुनकोशी नदीमा पौडी खेल्न पुगेका ३ जना बालबालिका बेपत्ता भएका छन् । बेपत्ता हुनेमा त्रियुगा नगरपालिका–१४ का ८ बर्षीय चोकलचन्द्र मगर, ७ बर्षीय रिदम मगर र ११ बर्षीय रेखा मगर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । उनिहरु त्रियुगा नगरपालिका–१४ धाप्लाङ भन्ने ठाउँबाट बेपत्ता भएका हुन् ।

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  ८ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको