९ जेष्ठ २०८२, बिहिबार । May 22, 2025

तीन स्रष्टालाई ‘वानीरा पुरस्कार’



काठमाडौं । वानीरा फाउन्डेसनले सात दशकदेखि सिर्जना र चलचित्रमा समर्पित रही योगदान गरेका तीनजना स्रष्टालाई सम्मान गर्ने भएको छ ।

कविता, कथा, उपन्यास र समालोचनाको समृद्धिमा उल्लेख्य योगदान पुर्याएवापत प्रा पुष्कर लोहनीलाई रु एक लाख राशिको ‘वानीरा प्रज्ञा पुरस्कार, नेपाली रङ्गमञ्च तथा चलचित्रकलामा विगत छ दशकदेखि निरन्तर समर्पित रही नाट्यकलाको विकासमा विशिष्ट योगदान गरेवापत रु एक लाख राशिको ‘वानीरा शङ्कर पुरस्कार’ मदनदास श्रेष्ठलाई प्रदान गर्ने निर्णय भएको हो ।

कथा र कविताको सिर्जनामा समर्पित रही नेपाली साहित्यको सम्वद्र्धनमा उल्लेख्य योगदान दिएवापत श्रीमती अनिता तुलाधरलाई रु ५० हजार राशिको ‘वानीरा पुरस्कार’ प्रदान गर्ने निर्णय भएको फाउन्डेसनका सदस्य सचिव नरेन्द्रराज प्रसाईले जानकारी दिए ।

साहित्यकार डा वानीरा गिरीको स्मृतिमा स्थापित सो फाउन्डेसनको संस्थापक, संरक्षक तथा दाता शङ्कर गिरी र अध्यक्ष इन्दिरा प्रसाई रहेका छन् ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ११ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तोलामा ५ हजारले बढ्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको

कृषिमा डिजिटल हस्तक्षेपः ‘कनेक्ट किसान’ एपमार्फत प्रविधिको सहारामा समाधानको यात्रा

काठमाडौं । कृषिमा आधुनिकीकरण र प्रविधिको समावेशका बारेमा लामो समयदेखि

राष्ट्र बैंकले पायो नयाँ नेतृत्वः विश्व पौडेल बने १८ औँ गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नरका रूपमा विश्व

नेप्सेमा उत्साहजनक वृद्धि, कारोबार रकम भने घट्यो

काठमाडौं । शेयर बजार आज उल्लेखनीय रूपमा उकालो लागेको छ।

भीमफेदीको छैसठ्ठी मोडमा विङ्गर दुर्घटना : १४ जना घाइते, ३ को अवस्था गम्भीर

मकवानपुर । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–९ स्थित त्रिभुवन राजपथको छैसठ्ठी