२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

संरक्षणको पर्खाइमा ऐतिहासिक अजयमेरुकोट



डडेल्धुरा । डडेल्धुराको अजयमेरुकोट संरक्षणको पर्खाइमा छ । तेह्रौँ शताब्दीमा राजा नागी मल्लले डोटी राज्य सञ्चालनका लागि निर्माण गरेको अजयमेरुकोट अहिले जीर्ण अवस्थामा छ ।

तत्कालीन राजा मल्लले गृष्मकालीन समयमा बस्नका लागि निर्माण गराएको उक्त कोट संरक्षण अभावमा जीर्ण हुनुका साथै संरचना मेटिँदै गएका छन् । मल्ल राजाको दरबार, रानीले रानीताल नुहाउन जाने गुफा, घोडा राख्ने तबेला, नौला, देवलहरुको संरचना केही नास भएका छन् भने कतिपय जीर्ण अवस्थामा रहेका छन् ।

कोटमा जाने बाटो भने नेपाली सेनाको सहयोगमा निर्माण भइरहेको छ । पुराना कला र शैलीमा निर्माण गरिएका नौला, देवलहरुको भौतिक र प्राचीन धरोहरको इतिहास मेटिँदै गइरहेको छ । डडेल्धुरा सदरमुकामबाट सात किलोमिटर टाढा पश्चिममा रहेको हाटगाउँको बस्ती र खोलाको बीचमा प्राचीनस्थलका रूपमा अजयमेरुकोट अवस्थित छ ।

बाइसे चौबिसे राज्यकालीन डोटी राज्यको राजधानी कोट प्राचीन कलाको उत्कृष्ट संयोजनबाट निर्मित दरबार, देवल, पानीका न्वाला, घोडा तबेला, बैठक कक्ष, पोखरी आदि वास्तुकलालाई पुनःनिर्माण गर्नसके कोट आन्तरिक र बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्न सक्ने स्थानीय फगिर ओढले बताए । राजा नागी मल्लले राज्य सञ्चालन गर्नका लागि निर्माण गरेको कोटको संवद्र्धन नहुँदा पर्यटकीय दृष्टिकोणले पनि मुनाफा लिन नसकिएको अजयमेरु गाउँपालिकाका उपाध्यक्ष वसन्ती पालको भनाइ छ ।

कोटभित्र रहेको गुफा, रानीले नुहाउने पोखरी, प्राचीन शैलीका नौला, देवललाई मात्र उही आकारमा निर्माण गर्न सके आन्तरिक र बाह्य पर्यटकको रोजाइ बन्न सक्ने उनि बताउँछन् । जीर्ण संरचनामा अहिले पनि १० फिटभन्दा लामा ढुङ्गा रहेका छन् । स्थानिय अजयमेरु गाउँपालिकाको पहलमा बिहीबार छिमेकी पालिका भागेश्वर र अमरगढी नगरपालिकासँगको संयुक्त बैठक गरी कोटको संरचनाको जीर्णोद्धारका लागि पहल सुरु गरिएको गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टले जानकारी दिए ।

आठौँ शताब्दीमा राजा नागि मल्लले निर्माण गरेको ऐतिहासिक दरबारको हाल भग्नावशेष मात्रै रहेको छ भने उक्त क्षेत्रमा रहेका देवल जीर्ण भइसकेका छन् । पुरातत्व विभागले राष्ट्रिय सम्पदा सूचीमा राख्नका लागि पहल गरिरहेको भए पनि अजयमेरुकोटमा रहेका ऐतिहासिक र कलात्मक मूर्तिको संरक्षणका लागि कुनै पहल नभएको स्थानीयको गुनासो छ ।

कोट क्षेत्रमा रहेका अधिकांश संरचना पूर्ण रुपमा नष्ट भइसकेका छन् । सरकारले कोटको संरक्षण र संवद्र्धनका लागि गुरुयोजना बनाउनुपर्ने स्थानीय बासिन्दाको माग छ ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  ४ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको