२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

चैतको हिउँले सेताम्मे खुम्बु क्षेत्र



सोलुखुम्बु । सगरमाथा क्षेत्रमा भारी हिमपात भएको छ । बुधबारदेखि सुरु भएको हिमपात अहिले पनि जारी रहेको स्थानीयले बताएका छन् ।

चैतमा परेको हिउँले खुम्बु क्षेत्र सेताम्मे बनेको छ भने पर्यटकदेखि बालबालिका हिउँ खेलेर रमाइरहेका खुम्जुङका स्थानीय छिमी शेर्पाले बताए । उनका अनुसार खुम्बु क्षेत्रमा आठदेखि दश इन्चसम्म हिउँ जमेको छ । जमिन तातिएकाले केही समयमै हिउँ पग्लिएको शेर्पाले बताए । “पूरै खुम्बु सेताम्मे बनेको छ । यहाँ हिउँले वनजङ्गल, घर, विद्यालय सबै ढाकिएको छ ।

बुधबार दिउँसोदेखि सुरु भएको हिमपात अहिले पनि जारी छ । विद्यार्थीको परीक्षा चलिरहेकाले केही समस्या भइरहेको छ”, उनले भने । हिमपातपछि किसान भने खुसी भएका छन् । यतिखेर हिमाली भेगमा आलु रोप्ने समय भएकाले जमिन रसिलो हुने खुम्जुङकी ल्हेमी शेर्पाले बताए ।

चैतमा हिमपात भएपछि स्थानीयदेखि पर्यटन व्यवसायीसमेत आश्चर्यमा परेका उनको भनाइ छ । विगतमा पुस, माघमा पर्ने हिउँ अहिले चैतमा पर्नु स्वाभाविक मान्न नसकिने नाम्चेका पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताए । जलवायु परिवर्तनको असरका कारण हिमाली भेगमा अस्वाभाविक प्रणाली देखिन थालेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

यस सिजनमा वर्षात् हुनुपर्ने भए पनि नाम्चेसहितका क्षेत्रमा पुस, माघकै झल्को दिनेगरी भारी हिमपात भएको स्थानीय साङ्गे शेर्पाले बताए ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहिबार  ३ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको