५ आश्विन २०८३, सोमबार । September 21, 2026

प्रचण्ड सरकारको नयाँ मन्त्रिमण्डल, कुन पार्टीबाट को–को भए मन्त्री ?


२३ फाल्गुन २०८०, बुधबार  

12
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १८ सदस्यीय मन्त्रिमण्डल पुनर्गठन गरेका छन् ।

कांग्रेस सँगको सहकार्य तोडेर एमाले–रास्वपा लगायतका दलहरुसँग सहकार्यको हात अघि बढाएका प्रचण्डले नयाँ मन्त्रिमण्डल बनाएका हुन् । जसमा नेकपा एमालेका ८, नेकपा माओवादी केन्द्रबाट ५ र राष्ट्रिय स्वतन्त्र पार्टीका ४ जना मन्त्रि भएका छन् । एमाले रघुवीर महासेठको नेतृत्वमा सरकारमा गएको छ ।

एमालेबाट महासेठ उपप्रधान सहित भौतिक पूर्वाधार मन्त्री, पदम गिरी कानुन न्याय तथा संसदीय मामिला मन्त्री, रक्षा मन्त्रालयमा हरि उप्रेती, महिला बालबालिका मन्त्रालयमा भगवति चौधरी, खानेपानि मन्त्रालयमा राजेन्द्र राई, उद्योग मन्त्रालयमा दामोदर भण्डारी, ज्वालाकुमारी साह कृषि तथा सहकारी मन्त्रालय, बलराम अधिकारी भूमि व्यवस्था तथा गरिवि निवारण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यस्तै माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधान सहित परराष्ट्र मन्त्रालयमा पुगेका छन् । त्यस्तै बर्षमान पुन अर्थ मन्त्रालय, शक्ति बस्नेत, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, रेखा शर्मा सुचना तथा सञ्चार मन्त्रालय, हितबहादुर तामाङ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हान पुगेका छन् ।

यता, रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपप्रधान सहित गृह मन्त्रालयमा लामिछाने आफै गएका छन् भने उपसभापति डीपी अर्यालले श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यस्तै विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र सुमना श्रेष्ठ शिक्षा तथा बिज्ञान मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ६ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा