४ असार २०८३, बिहिबार । June 18, 2026

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि


२ फाल्गुन २०८०, बुधबार  

9
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ ।

आज नेप्से परिसूचक पाँच दशमलव ९१ अङ्कले बढेर दुई हजार ७६ दशमलव ५० विन्दुमा कायम भएको हो । आज शेयर बजारमा रू चार अर्ब २५ करोड २७ लाख २२ हजार आठ सय ९५ बराबरको कारोबार भएको छ । तीन सय दुई कम्पनीको एक करोड २३ लाख ६३ हजार २७ कित्ता शेयर ७४ हजार छ सय ७५ पटक खरिदबिक्री भएको हो ।

बैंकिङ समूहको उपसूचक शून्य दशमलव १८, होटल तथा पर्यटन समूहको उपसूचक शून्य दशमलव १४, जलविद्युत् समूह शून्य दशमलव १३, लगानी समूह शून्य दशमलव २१, जीवन बीमा समूह शून्य दशमलव २७ र लगानी समूह शून्य दशमलव ३७ प्रतिशतले घटेको छ ।

आज सबैभन्दा धेरै वित्त समूह छ दशमलव ५६ प्रतिशतले र विकास बैंक समूह दुई दशमलव ३८ प्रतिशतले बढेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन शून्य दशमलव १०, लघुवित्त शून्य दशमलव ३४, म्युचुअल फन्ड शून्य दशमलव ३४, निर्जीवन बीमा समूह शून्य दशमलव ४० र अन्य समूहको उपसूचक एक दशमलव ०७ प्रतिशतले बढेको छ । तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

नेपाल फाइनान्स लिमिटेड, बोटलर्स नेपाल (बालाजु) लिमिटेड र पाँचथर पावर कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको हो । सबैभन्दा धेरै गुमाउनेमा भने पिपुल्स पावर लिमिटेडको शेयर मूल्य पाँच दशमलव ८१ प्रतिशतले घटेको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रू १७ करोड १७ लाख ६४ हजार आठ सय ८० बराबरको शेयर कारोबार भएको छ ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने प्राइम कमर्सियल बैंक प्रमोटर शेयर आठ लाख आठ हजार पाँच सय २० बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ३ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा